भद्रपुर–काठमाडौं रुटको जहाज रित्तै काठमाडौं फर्कियो

१७ आश्विन २०८१, बिहीबार १२:२५

काठमाडौं । चाडबाड र राजमार्ग अवरुद्धका कारण आन्तरिक उडानका जहाजमा चाप अत्यधिक बढेको छ । तर, यो चाप एकतर्फी भएको देखिन्छ । बुद्ध एयरले बिहीबार भद्रपुर–काठमाडौं रुटको जहाज रित्तै काठमाडौं फर्काउनु परेको जानकारी गराएको छ ।

बिहीबार भद्रपुर–काठमाडौं कुल दुई उडान भएकोमा एउटा जहाज रित्तै फर्किएको र अर्को जहाजमा १० जना मात्र यात्रु रहेको कम्पनीले जनाएको छ । बुद्धले भद्रपुरमा आजबाट दैनिक दुई उडान थपेको छ । यससँगै काठमाडौं – भद्रपुर रुटमा बुद्धको दैनिक सात उडान पुगेको छ ।

एकतर्फी चापले त्रिभुवन विमानस्थलमा भने हरेक दिनजसो हुलहुज्जत हुने गरेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*