फाइनान्स सेक्टरमा चमकः नेपाल फाइनान्स र हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक कारोबार
१६ आश्विन २०८१, बुधबार १५:१३
काठमाडौँ । दुई दिनको हरियालीपछि शेयर बजारमा आज करेक्सन देखिएको छ । बजार आज दोहोरो अकंले घट्न पुगेको हो । बजार ओरालो लागेपनि कारोबार रकम समेत उच्च रहेको छ । दशैंमा खर्चको जोहो गर्न लगानीकर्ता बिक्री तिर हाबि हुँदा सामान्य करेक्नस भएको लगानीकर्ताहरुको बुझाइ रहेको छ ।
यसदिन १२ वटै उपसूचक राताम्य हुँदा फाइनान्स समूहको शेयर मूल्यमा भने उछाल देखिएको छ । आज सर्वाधिक कारोबार हुनेमा नेपाल फाइनान्स रहेको छ । कम्पनीको २० करोड ७१ लाख ५५ हजार रुपैयाँको शेयर कारोबार भएको हो ।
साथै, हिमालयन रिइन्स्योरेन्सको १७ करोड ३१ लाख रुपैयाँ, गुडबिल फाइनान्सको १५ करोड ९६ लाख रुपैयाँ, नेपाल बैंकको १५ करोड २७ लाख रुपैयाँ र शिवम सिमेन्टको १३ करोड ७५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।