राताम्य भयो पुँजी बजारः कारोबार ६ अर्ब ७७ करोड पुग्दा २५ सय बिन्दुमा परिसूचक, अबको यात्रा कस्तो ?
काठमाडौँ । दुई दिन हरियाली आएको शेयर बजार पुनः ओरालो लागेको छ । दशैंको मुखमा नै उच्च अकंले बढ्दा मख्ख भएका लगानीकर्तालाई आज ओरालो यात्राले झस्काएको हो । विशेषगरीः दशैं–तिहारअघि लगानीकर्ता खर्चको जोहो गर्ने बिक्री तिर हाबि हुन्छन् । दुई दिन बढेको शेयरमा लगानीकर्ता नाफा बुक गर्ने तिर झुम्मिदा आज करेक्सन देखिएको हो ।
आजको करेक्सनलाई अधिकांश लगानीकर्ताले स्वभाविक रुपमा लिएका छन् । बजार बढ्दै पुनः करेक्सन हुँदै अघि लम्किने गर्दछ । दुई दिन बजार बढी सकेको हुँदा करेक्सनको आवश्यकता रहेको थियो । आजको करेक्सन स्वभाविक नै हो ।
यता, नेपाल धितोपत्र बोर्डले अब छिट्टै नयाँ अध्यक्ष पाउँदैछ । प्रधानमन्त्री, अर्थमन्त्री र गर्भनर शेयर बजारमैत्री भएको हुँदा बोर्डमा शेयर बजार बुझेको ब्यक्ति आउने आश लगानीकर्तामा रहेको छ । यसो भएको खण्डमा बजारले नयाँ यात्रा लिने देखिएको छ । गर्भनर समेत शेयर बजारलाई बाधा गर्ने नीति विस्तारै खुलाउँदै गएका छन् । बैंकको ब्याजदर समेत निरन्तर घट्दो छ । जसले गर्दा बजार माथि पुग्न थप मद्दत गर्नेछ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २६.०७ अकंले घटेर २५९७.४९ बिन्दुमा कायम भएको छ । आज ३१० कम्पनीको १ करोड ५१ लाख ९९ हवार ७६३ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ७७ करोड ८१ लाख ९५ हजार रुपैयाँको कारोबार भएको छ ।
यसदिन फाइनान्स समूहको शेयर मूल्यमा मात्र सुधार दिएको छ । यसदिन फाइनान्स समूहको शेयर मूल्य १.७५ प्रतिशतले बढेको हो । अन्य १२ उपसूचक भने राताम्य भएका हुन् ।
यसदिन ५४ कम्पनीको शेयर मूल्य बढ्दा १८७ कम्पनीको शेयर मूल्य घटेको छ ।