राष्ट्रिय जीवन बीमा कम्पनीद्वारा सीईओ माग, कति चाहिन्छ शैक्षिक योग्यता र अनुभव ?
१६ आश्विन २०८१, बुधबार ०९:०६
काठमाडौं । राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेडमा रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) माग गरेको छ ।
कम्पनीले असोज १६ गते एक सूचना प्रकाशित गरी न्यूनतम शैक्षिक योग्यता र अनुभव हासिल गरेका इच्छुक योग्य नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो ।
सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र कार्यालय समयमा कम्पनीको कार्यालय रामशाह पथ, काठमाडौँमा दरखास्त दिन आग्रह गरेको छ ।
दरखास्तका साथै ५ हजार शब्दमा नबढ्ने गरी तयार गरिएको कम्पनीको व्यावसायिक कार्ययोजना बुझाउन समेत भनेको छ ।
सूचना :