१४% लाभांश पारित गर्न भगवती हाईड्रोपावरको साधारण सभा आज बस्दै

१६ आश्विन २०८१, बुधबार ०८:५४

काठमाडौँ । भगवती हाईड्रोपावर डेभलपमेण्ट कम्पनीको वार्षिक साधारण सभा आज बस्दैछ । कम्पनीको भदौ २२ गते बसेको संञ्चालक समितिको बैठकको निर्णयबमोजिम २४ औं वार्षिक साधारण सभा काठमाण्डौको थापागाँउमा रहेको अर्पण ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

सभामा कम्पनीको जारी पूँजी वृद्धि गरि ५९ करोड ४९ लाख ४७ हजार ३०० पुर्याउने कम्पनीको जारी पूँजी वृद्धि गर्ने विशेष प्रस्ताव बमोजिम कम्पनीको प्रबन्धपत्रको दफा ६ को (ख) र (ग) संशोधन गर्ने र सेयरधनीहरूलाई चुक्तापूँजीको ४ प्रतिशतले बोनस सेयर र १०.७३६८ प्रतिशत नगद लाभांश गरी कुल १४.७३६८ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्तावहरु पारित हुनेछ ।

यस्तै, सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आव २०८०/८१ को वार्षिक प्रतिवेदन उपर छलफल गरि स्वीकृत गर्ने, आव २०८०/८१ को लेखापरिक्षण प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह लगायतका वित्तिय विवरणहरू छलफल गरि स्वीकृत गर्ने, आव २०८१/८२को लागि लेखापरिक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने र सञ्चालक समितिमा संस्थापक सेयरधनीहरूको तर्फबाट २ जना सञ्चालक नियुक्ती गर्ने प्रस्ताव पारित हुनेछ ।

लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले गत असोज २ गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ । यसर्थ असोज १ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*