नेपाल बीमा प्राधिकरणले मुद्दती निक्षेपमा लगानी गर्ने, ७ दिन भित्र सिलबन्दी प्रस्ताव पेश गर्न आह्वान्

१६ आश्विन २०८१, बुधबार ०८:१६

काठमाडौँ । नेपाल बीमा प्राधिकरणले आफुसँग भएको बैंक मौज्दातलाई वाणिज्य तथा विकास बैंकको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ ।

प्राधिकरणले आज एक सार्वजनिक सूचना जारी गर्दै इच्छुक बैंकहरुले आफुले दिन सक्ने अधिकतम् प्रतिफल उल्लेख गरी सम्बन्धित विवरण खुलाई सात दिन भित्र सिलबन्दी प्रस्ताव पेश गर्न आग्रह गरेको छ ।

साथै पेश हुन आएको सिलबन्दी दरभाउपत्रको मान्य कम्तिमा १५ दिनको हुनुपर्ने समेत बीमा प्राधिकरणले सार्वजनिक गरेको सूचनामा उल्लेख गरिएको छ ।

बैंकहरुले मुद्दती निक्षेपमा उपलब्ध गराउन सक्ने अधिकतम् ब्याजदर, अन्तिम पटक प्रकाशित वित्तीय विवरण, विगत तीन वर्षको निष्क्रिय सम्पत्ति, बैंकको कर्जा निक्षेप अनुपात, स्थापना भएको वर्ष र पूँजीको पर्याप्तता कोष लगायतका विवरणहरु समावेश गरेर सिलबन्दी पेश गर्नुपर्ने छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*