अन्ततः इजरायलको ‘आइरन सुरक्षा’लाई चिदैं दर्जनबढि इरानी मिसाइल तेल अभिव र जेरुसेलममा बजारिए
काठमाडौं । इजरायलको सैन्य डिफेन्स सिष्टम संसारकै उत्कृष्ट र शक्तिशाली मानिन्छ । तर, त्यही इजरायली कडा सैन्य डिफेन्स सिष्टमलाई चिर्दै आज मध्यराति दर्जनबढि इरानी मिसाइलहरु इजरायली भूमिका बिस्फोट भएका छन् ।
तेहरानमा मारिएका प्यालेस्टाईनी नेता इस्माइल हनिया, तथा केही दिन अघि हिज्बुल्लाका नेता नुरुसल्लाहको हत्याको बदलामा तेहरानले ब्यालेष्टिक मिसाईल प्रहार गरेर जनाएको छ ।
तेहरानले कडा शब्दमा उसको आक्रमणको विरुद्धमा कुनै गतिविधि गरेमा थप कडा सैन्य आक्रमण गर्ने चेतावनी समेत दिएको छ । उता, यसअघि नै इजरायलले आफ्ना लागि पुग्न नसक्ने कुनै ठाउँ बाँकी नरहेको भन्दै इरानले आक्रमण गरेमा कडा जवाफ दिने बताइसकेको छ ।
हाल हमास र हिज्बुल्लाहसँग युद्ध लडिरहेको इजरायलमाथि इरानले समेत हमला गरेपछि थप युद्धको चपेटामा पर्न गएको छ । अझ आफ्नो भूमिभित्र बिदेशीले पठाएको सियो समेत खस्न दिन्न भन्ने इराजयली भूमिमा आज राति खसेका दर्जनौ. मिसाइलले त्यहाँका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूमाथि थप दवाव सिर्जना भएको छ ।
यसअघि अमेरिकी, बेलायती सेना समेत मिलेर इरानले गरेको आक्रमण बिफल पारेकोमा यस पटक अमेरिकाले तयारी नै गर्न नभ्याई दनक दिएपछि इजरायलमा दर्जनौं बिस्फोटका आवाजहरु सुनिएका छन् ।
कैयौं स्थानमा आगोको मुस्लो देखिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । यो समाचार तयार गर्दासम्म हताहती वा मानिसहरु घाइते भएको समाचार बाहिर आएको छैन । इरानले मिसाइल प्रहार गरे लगत्तैदेखि इरायलभरि नै साइरन बजेको थियो । सरकारले साइरन बज्ने वित्तिकै बंकर लुक्न भनेकोले अधिकांश नागरिक बाहिर वा खुल्ला सडकमा थिएनन् ।
इरानले इजरायलमाथि १५० वटा ब्यालेष्टिक मिसाइल प्रहार गरेको जनाइएको छ । उता, अमेरिकी राष्ट्रपति जोईबाइडेनले इरानी मिसाइल खसाल्न आदेश दिएका छन् । यद्यपि कडा सुरक्षा चुनौतिलाई चिर्दै इरानी मिसाइल इजयराली भूमिमा बिस्फोट हुन पुगेका छन् ।