धमाधम हकप्रदबाट चुक्ता पुँजी पुर्याउदै बीमा कम्पनी, कुन कम्पनीले कति जारी गर्दैछन् ?
काठमाडौं । बीमा कम्पनीहरुको नियामक निकाय बीमा प्राधिकरणले गत असार मसान्तसम्ममा बीमा कम्पनीहरुलाई तोकेको पुँजी पुराउन निर्देशन दिईसकेको छ।
जीवन बीमा कम्पनीलाई चुक्ता पूँजी ५ अर्ब र निर्जीवन कम्पनीलाई साढे २ अर्ब पुयाउनुपर्ने बीमा प्राधिकरणले प्रावधान राखेको थियो । बीमा प्राधिकरणले गत असार मसान्तसम्म जीवन बीमा कम्पनीलाई चुक्ता पूँजी ५ अर्ब र निर्जीवन कम्पनीलाई साढे २ अर्ब पुयाउनुपर्ने व्यवस्था नियामक बीमा प्राधिकरणले गरेको थियो।
असार मसान्तभित्र धेरै कम्पनीले तोकिएको चुक्ता पूँजी पुयाउन सकेनन् । सोही अनुरूप प्राधिकरणले रिजर्भ र निश्चित प्रोभिजनलाई पनि चुक्ता पूँजीमा गणना गर्न पाइने गरी बाधा अड्काउ फुकायो ।
लामो समयदेखि धितोपत्र बोर्ड नेत्त्तृवविहिन हुँदा पुँजी पुराउने अन्तिम तयारीमा रहेका हकप्रदको पखाईमा रहेका कम्पनीहरुलाई राहत मिलेको छ। बाँकि पखाईमा रहेका कम्पनीहरु पनि हकप्रद चाडौं स्वीकृत हुने सकारात्मक पखाईमा रहेका छन् ।
असार मसान्तभित्र अधिकांश बीमा कम्पनीले तोकिएको चुक्ता पूँजी पुयाउन सकेनन् । सोही अनुरूप प्राधिकरणले रिजर्भ र निश्चित प्रोभिजनलाई पनि चुक्ता पूँजीमा गणना गर्न पाइने निर्णयले बीमा कम्पनीहरुलाई केही सहजता भयो ।
‘यसरी निश्चित रिजर्भ र प्रोभिजनलाई पनि गणना गर्दा सबैको चुक्ता पूँजी पुग्ने देखियो,’ प्राधिकरणका प्रवक्ता सुशीलदेव सुवेदीले भने, ‘कम्पनीहरूले स्पष्ट योजना बुझाउने गरी सहज गरिदिएका हौं ’
अब असार मसान्तभित्र चुक्ता पूँजी पुयाउने गरी कम्पनीहरूले बीमा प्राधिकरणलाई खाका बुझाएका छन् । ‘चुक्ता पूँजी नपुगेका कम्पनीले हकप्रद र बोनस सेयरबाट पु¥याउने गरी योजना बुझाएका छन्,’ उनले भने।
बजारमा सूचीकृतमध्ये गत असार मसान्तसम्म ५ जीवन बीमा कम्पनीले तोकिएको चुक्ता पूँजी ५ अर्ब पुयाइसकेका छन् । अरू ७ कम्पनीले भने चुक्ता पूँजी पुयाउन बाँकी छ । त्यस्तै निर्जीवन बीमातर्फ पनि ५ कम्पनीले तोकिएको साढे २ अर्ब चुक्ता पूँजी पुयाइसकेका छन् । बाँकी ७ कम्पनीले पुयाउन बाँकी छ।
सरकारी बहुस्वामित्वको राष्ट्रिय बीमा कम्पनीको चुक्ता पूँजी सबैभन्दा न्यून २६ करोड रुपैयाँ मात्रै छ । कम्पनीले २ अर्ब २४ करोड रुपैयाँ चुक्ता पूँजी थप्नुपर्ने छ । यो कुल पूँजीमा ३० प्रतिशत सर्वसाधारण समूहको छ । बाँकी ४१.०३ प्रतिशत सरकार, १९.३७ प्रतिशत कर्मचारी सञ्चय कोष, ९.६० प्रतिशत नेपाल बैंकको स्वामित्व छ ।
जीवन बीमा कम्पनी
लाइफ इन्स्योरेन्स कर्पोरेसनले धितोपत्र बोर्डबाटै ८८ प्रतिशत हकप्रद निष्कासन गर्न स्वीकृति पाइसकेको छ । ८८ प्रतिशत हकप्रदपछि कम्पनीको चुक्ता पूँजी ठिक ५ अर्ब पुग्ने छ ।
त्यस्तै एसियन लाइफले ४२ प्रतिशत हकप्रदबाट जुटाउने भएको छ । यो हकप्रद निष्कासनका लागि कम्पनीले बोर्डबाट स्वीकृति मागेको छ । अपुग रकम कम्पनीले बोनस सेयर मार्फत पु¥याउने छ ।
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले हालै १० प्रतिशत बोनस सेयर घोषणा गरेको छ । बाँकी ७ प्रतिशत हकप्रद निष्कासन मार्फत पुयाउने भएको छ । यद्यपि, कम्पनीले १७ प्रतिशत हकप्रद निष्कासनका लागि बोर्डसँग अनुमति मागेको छ ।
सानिमा रिलायन्सले २० प्रतिशत पूँजी हकप्रद वा बोनस सेयर वा दुवैमार्फत जुटाउन सक्ने छ । रिलायबल नेपाल लाइफले बोनस सेयरबाटै चुक्ता पूँजी पुयाउने भएको छ । कम्पनीले चुक्ता पूँजी पुयाउन करिब ८ प्रतिशत बोनस सेयर दिनुपर्ने छ ।
सन नेपाल लाइफ इन्स्योरेन्सले २७ प्रतिशत हकप्रद सेयर निष्कासनका लागि बोर्डमा आवेदन दिएको छ । यो हकप्रदपछि सहजै चुक्ता पूँजी पुग्ने छ । सिटिजन लाइफ इन्स्योरेन्सले हकप्रद र बोनस गरी करिब २८ प्रतिशत निष्कासन गरेर पूँजी पुयाउने जनाएको छ ।
निर्जीवन बीमा कम्पनी
चुक्ता पूँजी नपुगेका निर्जीवन बीमा कम्पनीमध्ये नेपाल इन्स्योरेन्सले १० बराबर ४ अनुपात अर्थात् २५ प्रतिशत हकप्रद निष्कासनका लागि बोर्डसँग अनुमति मागेको छ । बाँकी पूँजी बोनस सेयरमार्फत पु¥याउने छ ।
राष्ट्रिय बीमा कम्पनीको पूँजी वृद्धि योजना भने अझै अन्योलपूर्ण देखिएको छ । कम्पनीले सरकारले नै पूँजी थप्नुपर्ने भएको भन्दै अस्पष्ट जानकारी प्राधिकरणलाई पठाएको छ ।
युनाइटेड अजोड इन्स्योरेन्सले १५ प्रतिशत हकप्रद निष्कासनका लागि बोर्डमा अनुमति मागेको छ । बाँकी केही बोनस सेयरपछि कम्पनीको चुक्ता पूँजी साढे २ अर्ब पुग्ने छ ।
नेको इन्स्योरेन्सले २५ प्रतिशत हकप्रद सेयर जारी गर्न बोर्डबाट अनुमति मागेको छ । यो स्वीकृतिपछि कम्पनीको चुक्ता पूँजी पुग्ने छ ।
त्यस्तै प्रभु इन्स्योरेन्सले ५० प्रतिशत हकप्रद निष्कासनका लागि बोर्डसँग अनुमति मागेको छ । बाँकी बोनस सेयर मार्फत साढे २ अर्ब पु¥याउने योजना बनाएको छ । एनएलजी इन्स्योरेन्सले ६६ प्रतिशत हकप्रद सेयर निष्कासनका लागि बोर्डबाट स्वीकृत पाइसकेको छ । त्यसपछि तोकिएको पूँजी पुग्ने छ ।
त्यस्तै सानिमा जीआईसीले २५ प्रतिशत बोनस सेयर जारी गर्न साधारणसभाबाट स्वीकृत गरिसकेको छ ।