विपद्को कारण देखाउँदै तरकारीमा कालोबजारी, कालिमाटीमा यस्तो छ आजको मूल्य (सूचीसहित)

१५ आश्विन २०८१, मंगलवार ०७:२०

काठमाडौँ । व्यवसायीहरुले तरकारीको मूल्यमा खुल्ला रुपले कालोबजारी गर्दै आएका छन् । उपभोक्ताहरुलाई खुल्ला रुपमा विपदका कारण तरकारी आयात नभएकाले बढाएको भन्दै चर्को मूल्य असुल्दै आएका हुन् ।

बजारमा तरकारी खरिद गर्न जादा मूल्य सुन्दा अचम्म लाग्ने गरेको समेत पाइएको छ । साधारण रुपमा पाइने हरियो सागको किलोको ४ सय रुपैयाँमा कालोबजारी हुदै आएको छ । यस्तै अन्य तरकारीको मूल्यको त कुरा नै गरेर साध्य छैन् ।

कमजोर सरकारी संयन्त्रको फाइदा व्यवसायीहरुले लिरहेका हुन्छन् । विपदको समयमा व्यवसायीहरुलाई दशै लागेको जस्तो हुने गरेको एक उपभोक्ताले गुनासो गरेका छन् ।

कालिमाटी बजार विकास समितिले मंगलबारका लागि तरकारीहरुको दैनिक मूल्य सार्वजनिक गरेको छ ।

समितिका अनुसार आज अधिकाशं तरकारीहरुको बजार मूल्य वृद्धि भएको छ । जस अनुसार आइबार भारतिय ठूलो गोलभेडाको मूल्य न्यूनतम् एक सय रुपैयाँदेखि एक सय ३० रुपैयाँसम्म निर्धारण गरेको छ ।

साथै, आलु ८० रुपैयाँ, गाजर लोकल १३० रुपैयाँ, बन्दा लोकल ७० रुपैयाँ, काउली स्थानीय ७० रुपैयाँ, मकै बोडी ९० रुपैयाँ, लौका ९० रुपैयाँ प्रतिकेजीमा बिक्री वितरण भैरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*