कुबेदी दिनारको भाउ घट्यो, आज कुन मुद्राको विनिमयदर कति ?

१५ आश्विन २०८१, मंगलवार ०७:००

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लाथि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जस अनुसार आज १ अमेरिकी डलरको बिक्रीदर १३४ रुपैयाँ ३८ पैसा कायम भएको छ । यस्तै, खरिददर १३३ रुपैयाँ ७८ पैसा कायम भएको छ । यसअघि सोमबार १ अमेरिकी डलरको बिक्रीदर १३४ रुपैयाँ २३ पैसा र खरिददर १३३ रुपैयाँ ६३ पैसा कायम भएको थियो ।

राष्ट्र बैंकका अनुसार आज १ युरोको बिक्रीदर १५० रुपैयाँ ४२ पैसा रहेको छ भने खरिददर १४९ रुपैयाँ ७५ पैसा रहेको छ । बेलायती पाउन्ड १ को बिक्रीदर १८० रुपैयाँ १७ पैसा खरिददर १७९ रुपैयाँ ३७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । जापानिज येनको बिक्रीदर ९ रुपैयाँ ४३ पैसा र खरिददर ९ रुपैयाँ ३९ पैसा छ ।

त्यसैगरी, अष्ट्रेलियन डलर १ को खरिददर आज ९२ रुपैयाँ ५४ पैसा र बिक्रीदर ९२ रुपैयाँ ९६ पैसा तोकिएको छ । क्यानेडियन डलर १ को खरिददर भने ९८ रुपैयाँ ९३ पैसा र बिक्रीमा ९९ रुपैयाँ ३८ पैसा पाइन्छ । कतारी रियाल १ को खरिददर ३६ रुपैयाँ ७० पैसा र बिक्रीदर ३६ रुपैयाँ ८७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*