दशैंअघि नै यी कम्पनीहरुले दिँदैछन् लाभांश, कुनको कति ?

१४ आश्विन २०८१, सोमबार १८:०६

काठमाडौं । नेप्सेमा सूचीकृत कम्पनीहरुले लाभांश धमाधम घोषणा गरिरहेका छन् । लाभांश घोषणा गर्ने केही कम्पनीहरुले आफ्ना लगानीकर्तालाई दसैंअघि नै लाभांश दिने भएका छन् ।

केहीले घोषणा गरे पनि दसैंअघि लाभांश दिन सक्ने छैनन् भने धेरैजसोको घोषणा हुनै बाँकी छ । हालसम्म म्युचुअल फन्डसहित ४३ कम्पनीले लगानीकर्तालाई लाभांश घोषणा गरेका छन् । जसमध्ये २५ म्युचुअल फन्डका इकाईहरु रहेका छन् भने १८ कम्पनीहरु हुन् । १८ मध्ये ८ वटाले दसैंअघि नै साधारण सभा डाकेका छन् ।

चारकम्पनीले दसैंपछि सभा बोलाएका छन् भने ६ कम्पनीको साधारण सभाको लागि मिति तय हुनैं बाँकी रहेको छ । कम्पनी ऐनअनुसार साधारण सभा हुनुभन्दा कम्तिमा २१ दिन पहिला नै सेयरधनीलाई साधारणभा हुने स्थान तथा समयबारे सार्वजनिक सूचनामार्फत जानकारी दिनुपर्ने व्यवस्था छ । यो व्यवस्थाअनुसार अहिलेसम्म सूचना जारी नगरेका कम्पनीले दसैंअघि साधारण सभा गर्न सक्दैनन् । तसर्थ, ८ कम्पनीको मात्रै साधारण सभा दसैं अगाडी हुने देखिएको छ ।

हालसम्म लाभांश घोषणा गरेका कम्पनीमा २ वाणिज्य बैंक, एक विकास बैंक, २ लगानी कम्पनी, २ जीवन बिमा कम्पनी, २ उत्पादन कम्पनी, एक होटल, २ लघुवित्त र ६ हाइड्रोपावर कम्पनी छन् । हालसम्म लाभांश घोषणा गरेकामध्ये अधिकांश कम्पनीले बोनस सेयरलाई प्राथमिकता दिएका छन् । लगानीकर्तालाई छुट्याइएको बोनस सेयरमा कर लाग्ने भएकाले केहीले कर प्रयोजनका लागि मात्रै नगद लाभांश घोषणा गरेका छन् ।

हालसम्म लाभांश घोषणा गर्ने मध्ये युनिलिभर नेपाल लिमिटेडले सबैभन्दा धेरै लाभांश घोषणा गरेको छ । गत वर्षको नाफाबाट यस कम्पनीले सेयरधनीलाई कर सहित प्रतिकित्ता १७ सय १४ रुपैयाँ नगद लाभांश घोषणा गरेको छ । बिमा कम्पनीहरुले आर्थिक वर्ष २०७९–८० सम्मको सञ्चित नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेका हुन् भने अन्य कम्पनीहरुले आर्थिक वर्ष २०८०–८१ सम्मको सञ्चित नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेका हुन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*