सानिमा बैंकलाई ‘आईएसओ २७००१: २०२२’ प्रमाणपत्र

१४ आश्विन २०८१, सोमबार १४:१७

काठमाडौं। सानिमा बैंकले बैंकको सूचना प्रविधिसम्बन्धी सेवाका लागि ‘आईएसओ २७००१ २०२२’ प्रमाणपत्र प्राप्त गरेको छ । बैंकले ग्राहकको डेटा र आफ्नो सिस्टमको सुरक्षालाई सधैं प्राथमिकतामा राख्दै आएको बताएको छ । यो प्रमाणीकरण सूचना सुरक्षा र डेटा सुरक्षा सुनिश्चित गर्ने निरन्तर प्रयासमा बैंकले प्राप्त गरेको सफलता भएको बैंकको भनाइ छ ।

यसले ग्राहकका डेटालाई अन्तरराष्ट्रिय रूपमा मान्यता प्राप्त मापदण्डअनुसार निरन्तर रूपमा सुरक्षित गर्न बैंक सफल भएको प्रमाणित भएको बताइएको छ । यसबाट बैंकप्रतिको ग्राहकको विश्वास झनै बढ्ने बैंकको अपेक्षा छ ।

आईएसओ २७००१ प्रमाणीकरण प्रक्रियाले बैंकको सूचना सुरक्षा व्यवस्थापन प्रणालीलाई मूल्यांकन गर्ने बताइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*