बीमा प्राधिकरण मधेश प्रदेशद्वारा भंगहा नगरपालिकामा कार्यक्रम सम्पन्न, कृषक र व्यवसायीको चासो

१४ आश्विन २०८१, सोमबार १३:१२

काठमाडौँ । नेपाल बीमा प्राधिकरण मधेश प्रदेशले असोज १० गते भंगहा नगरपालिकामा बीमा प्राधिकरण विषयक एक महत्वपूर्ण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यालय प्रमुखले सभाध्यक्षको रूपमा र भंगहा नगरपालिकाका नगर प्रमुख संजिव कुमार साहले प्रमुख अतिथिका रूपमा उपस्थित भएका थिए।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, कर्मचारी, कृषक, व्यवसायी र वित्तीय संस्थाका प्रतिनिधिहरूले भाग लिए। सहभागीहरूले बीमा प्रक्रियाका विभिन्न पक्षहरू, दाबी प्रक्रिया, कृषी बीमाको अनुदान, दाबी गर्दा आउने झन्झट र स्वास्थ्य बीमा सम्बन्धी प्रश्नहरू उठाएका थिए।

नगर प्रमुख संजिव कुमार साहले कृषकहरूलाई बीमा गराउन र यसको महत्व बुझाउनका लागि सडक नाटकको आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले कृषकलाई बीमाको फाइदा र सुरक्षा बारे जानकारी दिने उद्देश्यले यस प्रकारका कार्यक्रमहरूको आयोजना गर्न महत्त्वपूर्ण रहेको बताएका थिए।

कार्यक्रमको सभाध्यक्षले कृषकहरूलाई बीमाको महत्व र प्रक्रियाबारे जानकारी दिँदै कार्यक्रम समापन गरेका थिए। यसरी, भंगहा नगरपालिकामा बीमाको महत्त्व र जनचेतना अभिवृद्धि गर्नका लागि एक सक्रिय कदम चालेको छ, जसले स्थानीय कृषक र व्यवसायीहरूलाई भविष्यमा आर्थिक सुरक्षा र संरक्षण प्रदान गर्ने विश्वास बढाउँछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*