बजाजले सुरु गर्‍यो पल्सर एन एस् ४०० जेडको डेलिभरी: नेपाली बजारमा नयाँ रोमाञ्चक यात्राको सुरुआत

१४ आश्विन २०८१, सोमबार १०:२८

काठमाडौँ । नेपालको लागि बजाज मोटरसाइकलको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले आफ्नो अहिलेसम्मकै सबैभन्दा ठूलो र शक्तिशाली मोटरसाइकल, बजाज पल्सर एन एस् ४०० जेड, नेपाली बजारमा डेलिभरी गर्न थालेको छ। काठमाडौँको भृकुटीमण्डपमा आयोजित विशेष समारोहमा नाडा अटो शोबाट बुकिङ गरेका ग्राहकहरूलाई पहिलो चरणमा ४० वटा मोटरसाइकलको डेलिभरी गरिएको छ।

पल्सर एन एस् ४०० जेडले शक्ति, प्रविधि र उत्कृष्ट डिजाइनको समिश्रणबाट नेपाली बाइक प्रेमीहरूलाई नयाँ अनुभव दिने तयारी गरेको छ। यस मोटरसाइकलमा रहेको ३७३ सिसिको सिंगल-सिलिन्डर, लिक्विड-कुल्ड इन्जिनले ३९.४ बीएचपी र ३५ एनएम टर्क उत्पादन गर्दछ। यसले ६-स्पीड गियरबक्ससँग जोडिएको छ र स्लिप र असिस्ट क्लच जस्ता सुविधाहरू समावेश गरेको छ, जसले सहज गियर सिफ्ट र थप नियन्त्रण प्रदान गर्दछ।

डेलिभरी समारोहमा गोल्छा ग्रुपका डाइरेक्टर अभिमन्यु गोल्छाले भने, “हामी नेपाली बजारमा अहिलेसम्मकै सबैभन्दा ठूलो पल्सर, बजाज पल्सर एन एस् ४०० जेड डेलिभरी गर्न पाउँदा अत्यन्तै खुशी छौँ। दशैं र तिहारको समयमा नेपाली ग्राहकहरूको अपार बुकिङ पूरा गर्न हामी कटिबद्ध छौँ।”

सुविधा र प्रविधिमा उच्च स्तरीय सुधार

पल्सर एन एस् ४०० जेडमा चारवटा राइडिङ मोड (रोड, रेन, स्पोर्ट, अफ–रोड) उपलब्ध छन्। साथै, यसमा स्विच गर्न मिल्ने ट्राक्सन कन्ट्रोल र डुअल-च्यानल एबिएसको सुविधा छ, जसले सबै प्रकारका सडकमा उच्च सुरक्षा प्रदान गर्दछ। फुल-कलर एलसिडि स्क्रिन र ब्लुटुथ कनेक्टिभिटी सुविधा रहेको यो मोटरसाइकलले टर्न-बाइ-टर्न नेभिगेसन, म्युजिक कन्ट्रोल, र अन्य आवश्यक राइड जानकारी उपलब्ध गराउँछ।

एरोडाइनामिक डिजाइनको साथमा यसमा चिजल्ड फ्युल ट्याङ्क, शार्प ट्याङ्क एक्सटेन्सनहरू, स्प्लिट सिट सेटअप, र १७-इन्चका स्टाइलिस अलोय व्हील्स पनि रहेका छन्। १२ लिटर इन्धन क्षमतायुक्त यो मोटरसाइकलले लामो दूरीका यात्रामा पनि स्थिरता र सहजता प्रदान गर्दछ।

नेपालमा मूल्य र उपलब्धता

बजाज पल्सर एन एस् ४०० जेडको मूल्य नेपालमा रू. ५,५९,९०० निर्धारण गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*