माउन्टेन इनर्जीका सीईओ दामोदर श्रेष्ठको राजिनामा स्वीकृत
१४ आश्विन २०८१, सोमबार १०:१७
काठमाडौँ । माउन्टेन इनर्जी नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दामोदर श्रेष्ठले दिएको राजिनामा स्वीकृत भएको छ ।
कम्पनी सञ्चालक समितिको असोज ११ गते बसेको बैठकले कार्यकारी प्रमुख श्रेष्ठले दिएको राजिनामा मंसिर १ गतेदेखि लागु हुनेगरी स्वीकृत गरेको हो ।