सान्जेन जलविद्युतले सम्पत्ति बीमा गर्ने, शिलबन्दी प्रस्ताव गर्न बीमा कम्पनीलाई आग्रह

१४ आश्विन २०८१, सोमबार ०९:४०

काठमाडौँ । सान्जेन जलविद्युत कम्पनी लिमिटेडले सम्पति बीमाको लागि बीमा कम्पनीहरुलाई शिलबन्दी प्रस्ताव गर्न आह्वान गरेको छ । कम्पनीले सोमबार एक सार्वजनिक सूचना प्रकाशित गर्दै बीमा कम्पनीहरुलाई सम्पत्ति बीमाको लागि प्रस्ताव पेश गर्न आग्रह गरेको हो ।

कम्पनीका अनुसार सूचना प्रकाशित मितिले ५ दिनभित्र अर्थात असोज १७ गतेभित्र उल्लेखित सम्पूर्ण कागजातसहित कम्पनीको वेबसाइट मार्फत शिलबन्दी पेश गर्न भनिएको छ ।

कम्पनीले आयोजना क्षेत्रका विभिन्न समाग्रीको बीमा गर्नको लागि शिलबन्दी आह्वान गरेको छ । कम्पनीले सान्जेल मााथिल्लो जलविद्युतका सम्पत्तिको बीमा गर्ने तयारी गरेको छ ।

पछिल्लो केही दिन यता आएको अविरल वर्षाले विभिन्न स्थानमा सञ्चालन रहेका हाइड्रोपावर कम्पनीहरुमा अर्बौ रुपैयाँको क्षति भएको छ । उक्त क्षति भएपश्चात अहिले हाइड्रोपावर कम्पनीहरु सम्पत्ति बीमा गर्नका लागि आत्तिएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*