बाढीले बगाएकालाई बचाउने तामाङलाई महालक्ष्मी विकास बैंकले दियो एक लाख नगद

१३ आश्विन २०८१, आईतवार १८:५६

काठमाडौँ । असोज ११ गते देखी परेको अविरल वर्षा सँगै ललितपुर महानगरपालिका वडा न. १३, नख्खुखोलामा असोज १२ गते आएको बाढीले बगाएका २ व्यक्तिहरुको सकुशल उद्धार गर्न सफल काभ्रे जिल्ला तेमाल गाँउपालिका वडा न. ९ घर भएका ३३ वर्षीय चणिकलाल तामाङलाई महालक्ष्मी विकास बैंकले सम्मान गरेको छ ।

असोज १३ गते बैंकको केन्द«ीय कार्यालयमा आयोजित एक कार्यक्रमका बीच चणिकलाल तामाङले जोखिमका बीच देखाएकोअदम्य साहस र उनको अठोट र तत्परताले राजु शाह र उनको परिवारको सदस्यको सफल उद्धार गर्न सकिएको निष्कर्षका साथ तामङ्गलाई १ लाख नगद सहित सम्मान गरिएको हो । यस्ता कार्यले विपतको समयमा नागरिक स्तरबाट सुरक्षित रुपमा उद्घार कार्यमा सहभागिता जनाउन समेत हौसला मिल्ने विश्वास बैंकले लिएको छ ।

साथै बैंकले देशै भरि आएको बाढीपहिरोको कारण ज्यान गुमाएका व्यक्तिहरु प्रति हार्दिक समवेदना व्यक्त गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।

“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत ३० वर्ष देखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ शाखा कार्यालयहरु र करिब ८ लाख ग्राहकहरु रहेका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*