टेलिकमले ल्यायो दशैं अफर: ७९९ रुपैयाँमा ४५ जीबी डाटा र ५०० अल नेट एसएमएस

१३ आश्विन २०८१, आईतवार १६:१९

काठमाडौं । नेपाल टेलिकमले आफ्ना ग्राहकहरूका लागि दशैं अफर २०८१ उपलब्ध गराएको छ । अफरअन्तर्गत सहुलियत दरका भ्वाइस, डाटा तथा एफटीटीएचका प्याकेजहरू रहेका छन् ।

अफरअन्तर्गत साविकका एफटीटीएचका प्याकेजहरूमा साविककै मूल्यमा थप ब्याण्डविथ उपलब्ध गराइएको छ । ५०, ७५, १००, १५० र २०० एमबीपीएस गतिका एफटीटीएच डाटा र कम्बो प्याकेजहरूमा ५० प्रतिशत सम्म क्षमता अभिवृद्धि गरी क्रमशस् ७५, १००, १२५, १७५ र २२५ एमबीपीएस ब्याण्डविथ कायम गरिएको छ ।

अफर उल्लेखित समयावधिभित्र नयाँ सेवा जडान गर्ने एवम् प्याकेज नवीकरण गर्ने सबै ग्राहकका लागि कायम रहनेछ । साथै एफटीटीएच नयाँ जडानमा जडान शुल्क रु। ५०० मिनाहा समेत गरिएको छ ।

अफरअन्तर्गत जीएसएम सेवाका ग्राहकहरूका लागि रु। ७९९ मा अल नेट अनलिमिटेड भ्वाइस सुविधा, ४५ जीबी डाटा र ५०० अल नेट एसएमएस सुविधा सहितको ७९९ सजिलो अनलिमिटेड प्याकेज सञ्चालन गरिएको छ ।

साथै रु। २५० मा १ हजार मिनेट अल नेट भ्वाइस सुविधा सहितको १ हजार मिनेट अल नेट भ्वाइस कल अफर र रु। ९९ मा १ हजार अन नेट एसएमएस सुविधाको १ हजार अन नेट एसएमएस प्याकेज समेत सञ्चालनमा ल्याएको छ ।

यी सबै प्याकेजहरूमा प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनको समयावधि तोकिएको छ ।

आगामी कार्तिक २३ गतेसम्म आफ्नो मोबाइलबाट *१४१५*६#  डायल गरेर वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरेर यी प्याकेजहरू खरीद गर्न सकिनेछ । यो अफर २०८१ असोज १३ देखि प्रारम्भ भई आगामी कार्तिक २३ गतेसम्म उपलब्ध हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*