राताम्य पुँजी बजारः परिसूचक र कारोबार दुबै खुम्चियो, दशैंको बिक्री दबाब कि चलखेल ?

१३ आश्विन २०८१, आईतवार १५:०६

काठमाडौँ । शेयर बजारमा ओरालो यात्राले निरन्तरता पाएको छ । दशैंको बिक्री दबाबले पुँजी बजारलाई माथि उठ्न दिएको छैन । लगानीकर्ता दशैंको खर्च जोहो गर्ने शेयर बिक्री तिर हाबी हुँदा बजार निरन्तर ओरालो लागि रहेको हो ।

बजार ३००० परिसूचकदेखि साढे २४०० बिन्दुमा आइपुग्दा लगानीकर्ताले मटो रकम गुमाएको छन् । चतिपयले बजारको गिरावटलाई चलखेलको रुपमा बुझेका छन् । तर, समग्रमा बजारका लागि आवश्यक सूचक सकारात्मक रहेको हुँदा बजारले गति नै लिने देखिएको छ ।

दशैंपछि बजार आफ्नै लयमा फर्किने विश्वास लगानीकर्तामा रहेको छ । अर्थतन् त्र समेत सकारात्मक बन्दै गएको, नियामक निकाय समेत सकारात्मक रहेको र नीतिगत सुधार समेत हुँदै गएको हुँदा बजार सुधार तिर जाने देखिन्छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २२.३६ अकंले घटेर २४६४.४० बिन्दुमा कायम भएको छ । आज ३२७ कम्पनीको १ करोड ३ लाख ११ हजार ८८५ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५ करोड ६ लाख ५८ हजार रुपैयाँमा कारोबार सीमित बनेको छ ।

आइतबार १२ उपसूचक राताम्य भएका छन् । यसदिन बैंकिङ समूहको ०.७४ प्रतिशत, विकास बैंक समूहको ०.८९ प्रतिशत, फाइनान्स समूहको १.९१ प्रतिशत, होटल तथा पर्यटन समूहको १.४७ प्रतिशतले शेयर मूल्य घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*