एसपीजी अटोमोबाइल्सको दबदबाः वर्षदिनमा ओमोडा र जेकोका गाडि बिक्रीबाट एक अर्ब ५४ करोड व्यापार
काठमाडौँ । नेपालको सवारी साधन बजारमा नयाँ उचाइ कायम गर्दै एसपीजी अटोमोबाइल्स प्रालिले विद्युतीय सवारी साधन र आन्तरिक दहन इन्जिन क्षेत्रलाई थप गति दिएको छ । २०१३ मा स्थापना भएको कम्पनीले नेपाली उपभोक्तालाई गुणस्तरीय र पर्यावरणमैत्री सवारी साधनहरू उपलब्ध गराउँदै आएको हो ।
यसले ओमोडा र जेको ब्रान्डका विद्युतीय सवारी साधन र चेरी ब्रान्डका आन्तरिक दहन इन्जिन सवारी साधनहरू विक्री गर्दै आइरहेको छ, जसले नेपाली सवारी साधन बजारमा नयाँ आयाम थपेको छ । एसपीजी अटोमोबाइल्सको सुरुवातमा यसले निसान र डाट्सन ब्रान्डका सवारी साधनहरूको उप–डिलरको रूपमा काम गरेको थियो । यद्यपि, सन् २०२३ मा पायोनियर मोटो (कर्प) प्रालिलाई निसान/डाट्सनको विक्री अधिकार हस्तान्तरण भएपछि एसपीजीले विद्युतीय र आन्तरिक दहन इन्जिन सवारी साधनको क्षेत्रमा आफूलाई पूर्ण रूपमा समर्पित गरेको छ ।
एसपीजीले काठमाडौंमा आफ्नै शोरूमबाट सुरु गरेको व्यवसाय आज देशभरिका विभिन्न प्रमुख शहरहरूमा फैलिएको छ । यसले ६ वटा क्षेत्रीय डिलरशिपहरू मार्फत सेवा पुर्याइरहेको छ, जसले देशभरका ग्राहकलाई उत्कृष्ट सेवा र सवारी साधनको अनुभव प्रदान गर्दै आएको छ । नेपाली उपभोक्तालाई अत्याधुनिक प्रविधिका सवारी साधन उपलब्ध गराउन प्रतिबद्ध एसपीजीले गुणस्तरीय सवारी साधनलाई नेपाली बजारमा ल्याउने योजनाहरू अघि बढाइरहेको छ ।
विद्युतीय सवारी साधनमा अग्रणी
नेपालमा विद्युतीय सवारी साधनको माग बढिरहेको छ र एसपीजीले यसको नेतृत्व गरिरहेको छ । ओमोडा र जेको ब्रान्डका विद्युतीय सवारीहरू अत्याधुनिक प्रविधिसहितको सुरक्षा, स्टाइल र दक्षता प्रदान गर्ने भएकाले यी सवारी साधनहरू नेपाली बजारमा लोकप्रिय भएका छन् । विद्युतीय सवारी साधनहरू ईको–मैत्री र इन्धन–कुशल हुने भएकाले वातावरणप्रेमी उपभोक्ताहरूका लागि यी उत्कृष्ट विकल्प हुन् ,
एसपीजीले विद्युतीय सवारी साधनको बजारमा प्रवेश गर्दा यो मात्र व्यवसायिक फाइदाका लागि नभई, दिगो विकास र वातावरणीय संरक्षणलाई प्राथमिकतामा राखेर अघि बढिरहेको छ । कम्पनीले विद्युतीय सवारी साधनलाई प्रवर्द्धन गरेर नेपालमा हरित यातायातको अभ्यासलाई बढावा दिइरहेको छ, जसले लामो अवधिमा नेपालको ऊर्जा सुरक्षा र वातावरणीय स्वास्थ्यमा महत्वपूर्ण योगदान पुर्याउने छ ।
आन्तरिक दहन इन्जिन सवारी साधनको सुदृढता
विद्युतीय सवारी साधनसँगै एसपीजीले आन्तरिक दहन इन्जिन सवारी साधनहरूको बजारमा पनि बलियो उपस्थिति कायम गरेको छ । चेरी ब्रान्डका आन्तरिक दहन इन्जिन सवारी साधनहरूले आफ्नो प्रदर्शन, आराम र स्थायित्वको लागि प्रशंसा बटुलिरहेका छन्। नेपालको चुनौतीपूर्ण भौगोलिक संरचनालाई ध्यानमा राखेर डिजाइन गरिएका यी सवारी साधनहरूले पहाडी क्षेत्रहरूमा सानदार प्रदर्शन गर्न सक्षम छन्। ।
कम्पनीले आन्तरिक दहन इन्जिन सवारी साधनलाई पर्यावरणीय दायित्वको साथ सञ्चालन गर्न उच्च दक्ष इन्जिनहरू, उन्नत प्रविधि र उच्चस्तरीय सुरक्षा मापदण्डको प्रयोग गरिरहेको छ। यसले ग्राहकहरूको मन जित्न सफल भएको छ र नेपालको बजारमा चेरी ब्रान्डलाई लोकप्रिय बनाउन महत्त्वपूर्ण भूमिका खेलेको छ ।
वित्तीय उपलब्धिहरू
एसपीजी अटोमोबाइल्सको वित्तीय प्रगति पनि कम्पनीको सफलताको महत्वपूर्ण सूचक हो ।सन् मा १ अर्ब ३३ करोड २० लाख रुपैयाँको सञ्चालन आयबाट सुरु गरेको कम्पनीले सन् २०२२ मा ५ अर्ब ५५ करोड रुपैयाँको उल्लेखनीय प्रगति ग-यो । यद्यपि, सन् २०२३ मा केही चुनौतीहरूको सामना गर्नुपरे पनि सन् २०२४ मा १ अर्ब ५४ करोड ५० लाख रुपैयाँको आय आर्जन गदै व्यवसायिक स्थायित्व पुनः प्राप्त गर्न सफल भएको छ ।
अपरेटिङ मुनाफामा पनि सुधार देखिएको छ। सन् २०२३ मा नकारात्मक अपरेटिङ मुनाफा (-०.४%) भए पनि सन् २०२४ मा यो दर १०.५% मा पुगेको छ, जसले कम्पनीको पुनरुत्थानको संकेत गर्दछ ।
साथै, कम्पनीको ब्याज कभरेज अनुपात पनि सन् २०२४ मा ४.१ गुणा रहेको छ, जसले यसको वित्तीय व्यवस्थापनमा सुधार भएको देखाएको छ ।
कम्पनीले आफ्नो ऋण व्यवस्थापनमा पनि राम्रो सुधार गरेको छ। सन् २०१९ मा ९.१ गुणा रहेको ऋण/संपत्ति अनुपात सन् २०२४ मा २.९ गुणामा झरेको छ, जसले कम्पनीले आफ्नो ऋण तिर्ने क्षमता बढाएको संकेत गर्छ । त्यस्तै, बाह्य दायित्वहरू पनि घट्दै आएका छन्, जसले एसपीजीको वित्तीय संरचना सुदृढ बनाएको छ । कम्पनीको स्थिरता र विश्वसनीयता बढ्दै गइरहेको छ, जसले भविष्यमा थप आर्थिक वृद्धि गर्न बलियो आधार बनाउने छ ।
एसपीजीले आफ्नो व्यवसायलाई अझै विस्तार गर्दै देशभरका प्रमुख स्थानहरूमा थप शोरूम र डिलरशिपहरू खोल्ने योजना बनाएको छ। यसले नेपाली उपभोक्ताहरूलाई अझै नजिकबाट सेवा दिन र सवारी साधनहरूको अनुभवलाई सुलभ बनाउन मद्दत गर्नेछ ।
यसका साथै, कम्पनीले विद्युतीय सवारी साधनको प्रवर्द्धनलाई थप तीव्र बनाउँदै, हरित यातायातलाई प्राथमिकतामा राखेर दिगो र पर्यावरणमैत्री सवारी साधनको उपभोगलाई प्रोत्साहन गर्दैछ। यसबाट एसपीजीले न केवल व्यवसायिक फाइदा आर्जन गर्नेछ, बरु नेपालको यातायात क्षेत्रमा दिगो विकासको नयाँ युगको सुरुवात गर्नेछ ।
एसपीजी अटोमोबाइल्सलाई रेटिङ
एसपीजी अटोमोबाइल्स प्राइभेट लिमिटेडलाई इक्रा नेपालले [ICRANP] LBB- (लामो अवधि) र [ICRANP] A4 (छोटो अवधि) को रेटिङ प्रदान गरेको छ ।
लामो अवधिको ९४ मिलियन नेपाली रुपैयाँ र छोटो अवधिको १,४०६ मिलियन नेपाली रुपैयाँको ऋण सीमामा यो रेटिङ दिइएको हो। यो रेटिङले कम्पनीको वित्तीय स्थायित्व र ऋण दायित्व पूरा गर्ने क्षमताको आकलन गर्दछ।