एशियन लाइफको सम्मान तथा मोटिभेसनल तालिम सम्पन्न, एक सय जना अभिकर्ता सम्मानित

१३ आश्विन २०८१, आईतवार १२:०२

काठमाडौँ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीएम क्लब मेम्बर सम्मान तथा मोटिभेशनल तालिम सम्पन्न भएको छ । अभिकर्ताहरुलाई सम्मान गर्ने र उनीहरुको मनोबल वृद्धि गर्ने उदेश्यले कम्पनीको कर्णाली प्रादेशिक कार्यालय, सुर्खेतले आयोजना गरेको कार्यक्रम शनीबार भव्य रुपमा सम्पन्न भएको हो ।

उक्त कार्यक्रमको सभाअध्यक्ष कर्णाली प्रदेश उपक्षेत्रिय प्रमुख बीर बहादर भण्डारीले गरेका थिए । साथै, कार्यक्रमको प्रमूख अथिति कर्णाली प्रदेश प्रमुख तथा बाँके बर्दिया कलष्टर जयानन्द भट्ट, बिशिष्ट अथिति सिनियर बिजिनेस म्यानेजर तथा अभिकर्ता हकहित मंन्चका अध्यक्ष लोक प्रसाद ढकाल रहेका थिए ।

अथिति सिनियर बिजिनेश म्यानेजर प्रवेशमान मानन्धर, भूपेन्द्र बहादूर शाही, कल बहादूर भण्डारी, नरेन्द्र बहादूर थापा, शिव प्रकाश आचार्य, गोमा कुमारी सिँह, बिरेन्द्र बहादूर जोशि, कबीराज कडेंल मिलन श्रेष्ठ, डम्मर कुमारी रोकाया, भिम बहादूर बिष्ट लगायत सो कार्यक्रममा आ.व. ०८०/०८१ को ब्यवसायको आधारमा ९६ जना लाई सम्मान गरीएको थियो ।

सो कार्यक्रमको संचालन सूर्खेत शाखा मार्केटिङ्ग अफिसर निर्मला पाठकले गरेकी थिइन् । उपस्थितहरुलाई स्वागत मन्तब्य दैलेख शाखा प्रमूख डम्बर प्रसाद ढकालले दिए । कार्यक्रममा कम्पनीको स्थापना कालदेखी वर्तमान अवस्थासम्मको लगानी क्षेत्र, बिएम क्लबमेम्बर सूविधा लगायत सम्मानित सबैलाई बधाई सहित धन्यवाद सभा अध्यक्ष बीर बहादुर भण्डारीले दिएका थिए ।

सिनियर बिजिनेस म्यानेजर मिलन श्रेष्ठले मोटिभेशनल तालीम दिएको कम्पनीले जानकारी दिएको छ । बीमा ब्यवसाय, परिवेश अनूसारको बीमा क्रियाकलाप सम्मानित उपस्थित सबैलाई बधाई कार्यक्रमका प्रमूख जयानन्द भट्टले दिएका थिए ।

उपस्थित अतिथिहरुले बीमा बिक्री कला सम्बन्धि आफना अनूभवहरु शेयर गर्नू भएको थियो ।कार्यक्रम बिरेन्द्रगर नगरपालीकाको होटेल शुभमा सम्पन्न भएको थियो । अन्तमा कार्यक्रम बिहान ११ बजेदेखी बेलुका ५ः१५ मा सहभागी सबैलाई बधाई सहित धन्यवाद दिई समापन कार्यक्रम सभाअध्यक्ष बीर बहादर भण्डारीले गरेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*