रुरु जलविद्युतद्वारा लाभांश घोषणा, ८० प्रतिशत हकप्रद पनि जारी गर्ने

१३ आश्विन २०८१, आईतवार ११:०८

काठमाडौँ । रुरु जलविद्युत परियोजना लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको असोज १२ गते बसेको सञ्चालक समिति बैठकले १५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । कम्पनीले बोनस सेयर जारी गरे पश्चात कायम हुने पुँजीमा ८० प्रतिशत हकप्रद सेयर पनि जारी गर्ने घोषणा गरेको छ ।

उक्त प्रस्ताव पारित कम्पनीले कात्तिक ११ गते साधारण सभा बोलाएको छ । सभा लिसारा ब्यांकेट, नक्साल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

सभामा आर्थिक वर्ष २०८०–८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनुका साथै आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित हुनेछ ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले असोज ३० गते बुक क्लोज गर्ने भएको छ ।

1727585881175

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*