विपत्तीमा पनि ओली अमेरिकामा कार्यकर्ता भेट्न व्यस्त !

१३ आश्विन २०८१, आईतवार १०:३६

काठमाडौं । मुलुक वर्षाजन्य विपदको सामना गरिरहेका बेला मुलुकको कार्यकारी प्रमुख अर्थात् प्रधानमन्त्री विदेशमा कार्यकर्ता रिझाउन व्यस्त भएको भन्दै तीब्र आलोचना भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली गएको असोज ४ गते राष्ट्र संघको ७९औं महासभामा सहभागी हुन भन्दै न्यूयोर्क गएका थिए । भ्रमण तालिका अनुसार उनी १४ गते सोमबार फर्किनु पर्ने हो । तर, कार्यकर्ताले आयोजना गरेका कार्यक्रम चहार्दै फुर्सद नभएको भन्दै व्यापक आलोचना भइरहेको छ ।

सामाजिक सञ्जालमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो मुलुकको परिस्थितिलाई मध्यनजर गरे स्वदेश फर्किसकेको, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू दुई दिनमै फर्किएको तथा युद्धग्रस्त युक्रेनका राष्ट्रपति जेलेन्स्की समेत चार दिन मै फर्किएको तर ओली मुलुकमा सयौँ मान्छेको हताहती र सर्बत्र तहसनहस हुँदा समेत भ्रमण छोट्याएर नफर्किएको भन्दै आलोचना भइरहेको हो ।

केहीले सामाजिक सञ्जालमा ओली अमेरिकाबाटै मौसमको भविष्यवाणी गर्दै स्वदेशमा विवत्ती झेलिरहेका नेपालीलाई जिस्काइरहेको भन्दै टिप्पणी गरेका छन् । ओली भने अमेरिकाबाट फेसबुक स्टाटस लेख्दै फेरि पनि जोखिम रहेको भन्दै सचेत रहन र उद्धारका लागि सरकारले परिचालन गरेका सुरक्षाकर्मीलाई सहयोग गर्न भन्दै आग्रह गरेका छन् ।

One thought on “विपत्तीमा पनि ओली अमेरिकामा कार्यकर्ता भेट्न व्यस्त !

  1. Lal bahadur Tamu says:

    अर्को पटक औंरिका जान पाऊने हो की हैन, फाईदा त ऊठाऊनै पर्यो नी ऊखाने काकुले,

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*