स्वावलम्बन लघुवित्तद्वारा लाभांश घोषणा, कति दिने भयो बोनस र नगद ?

१३ आश्विन २०८१, आईतवार १०:१२

काठमाडौँ । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको असोज १२ गते बसेको संचालक समितिको बैठकले हाल कायम रहेको चुक्तापूँजीको १४.२५ प्रतिशत बोनस र ०.७५ प्रतिशत नगद (करप्रयोजन सहित) गरी १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात शेयरधनीहरुलाई वितरण गरिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*