एनएलजी इन्स्योरेन्सको १००ः६२.५ रेसियोको हकप्रद धितोपत्र बोर्डबाट स्वीकृत

१३ आश्विन २०८१, आईतवार ०९:०८

काठमाडौं । नेपाल धितोपत्र बोर्डले एनएलजी इन्स्योरेन्स कम्पनीले निष्काशन गर्न लागेको १००ः६२.५ रेसियोको हकप्रद स्वीकृत गरेको छ । गत शुक्रबार अबेर नेपाल धितोपत्र बोर्डले सो सम्बन्धी स्वीकृति प्रदान गरिएको जनाइएको छ ।

गत शुक्रबार सो सम्बन्धी निर्णय भएको हो । विगत लामो समयदेखि बोर्डका अल्झिएको एनएलजी इन्स्योरेन्स कम्पनीको हकप्रद स्वीकृत भएसँगै अब छिट्टै निष्काशन हुनेछ ।

कम्पनीले ९५ करोड रुपैयाँको ९५ लाख कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ । सो हकप्रदको लक्ष्मी क्यापिटल मार्केट रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*