बाढीपीडितलाई सिटिजन्स बैंकले २५ लाख रुपैयाँ सहयोग गर्ने
१३ आश्विन २०८१, आईतवार ०८:५४
काठामाडौँ । निरन्तरको वर्षा, बाढी र पहिरोका कारण भएको जनधनको क्षतिको उद्धारका लागि सिटिजन्स बैंकले २५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।
बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा २५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको हो । शुक्रबार र शनिबारको वर्षापछि उद्धार राहत घोषणा गरिने सिटिजन्स बैंकले जनाएको छ ।
बैंकले आफ्नो संस्थागत समाजिक उत्तरदायित्व अन्तर्गत सिटिजन्स बैंक खाचोमा परेकालाई सहयोग गर्न सधै प्रतिवद्ध रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बताए ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत उक्त रकम सहयोग गर्ने निर्णय भएको बैंकले बताएको छ ।