प्रचण्डको पहलपछि सरकारले बोलायो सर्वदलीय बैठक

१३ आश्विन २०८१, आईतवार ०८:४२

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डले सर्वदलीय बैठको पहल गरेपछि कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सर्वदलीय बैठक बोलाएका छन् । आइतबार दिउँसो १ः०० बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने गरी सर्वदलीय बैठक डाकिएको कार्यवाहक प्रधानमन्त्री सिंहको निजी सचिवालयले जनाएको छ ।

अविरल वर्षापछिको बाढीपहिरो एवं विपद्, उद्धार, धनजनको क्षति र राहतका विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरिएको हो । प्रमुख विपक्षी दलका नेता प्रचण्डले सरकारभन्दा अघि विहानै आफ्नो संसदीय दलको कार्यालयमा सर्वदलीय बैठक बोलाएका छन् ।

मनसुन सक्रिय भएसँगै बाढी, पहिरो र डुबानले गर्दा देशभरको जनजीवन प्रभावित भएको छ । ११२ जना भन्दा बढीको मृत्यु भएको छ भने ६८ जना बेपत्ता छन् । सडक, पुलपुलेसा पनि भत्किनुका साथै मुख्य राजमार्गहरु समेत ठप्प भएका छन् ।

उता, अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले समेत आफु कार्यक्रम छोट्याएर चाँडोभन्दा चाँडो नेपाल फर्किने बताएका छन् भने विपदको बेला हातोमालो गर्न सबैलाई आह्वान गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*