कालिका लघुवित्तको शेयर सर्वसाधारणले किन्न पाउने, कहाँ दिने आवेदन ?
१३ आश्विन २०८१, आईतवार ०८:२०
काठमाण्डौ । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले तीन जना संस्थापक सेयरधनीहरुको नाममा रहेको २१ हजार ५०० कित्ता संस्थापक बिक्रीमा ल्याएको हो ।
उक्त सेयर खरिदका लागि जो सुकै व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् । कम्पनीले यसअघि ३५ दिने सूचना जारी गर्दै विद्यमान संस्थापक सेयरधनीहरुका लागि उक्त सेयर बिक्रीमा राखेको थियो । तर विद्यमान संस्थापकहरुबाट कुनै आवेदन नपरेपछि आम सर्वसाधारणलाई सेयर बिक्री गर्न लागिएको हो ।
सेयर खरिद गर्न चाहने इच्छुक लगानीकर्ताले पोखरामा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आवश्यक कागजातसहित १५ दिनभित्र लिखित आवेदन दिनुपर्नेछ ।