बिराटनगर उडेका बुद्ध र श्री एयरको दुई जहाज बीच बाटोबाटै फर्कियो, आपतकालिन अवस्थापछि २५ हजार फिटमाथि पुग्यो जहाज

१३ आश्विन २०८१, आईतवार ०७:२३

काठमाडौं । काठमाडौंबाट विराटनगरको लागि उडेको बुद्ध एयरका दुई जहाज खराव मौसमका कारण काठमडौं नै फर्काइएको छ । जसमध्ये श्रीएयरको ९एन एओके कल साइन भएको जहाज खराव मौसमकै कारण २५ हजार फिटमाथि पुगेर काठमाडौं फर्कदैछ ।

बुद्ध एयरको ९एन एएनपी कल साइन भएको जहाज ओखलढुंगा आसपास पुगेपछि काठमाडौं फर्किएको छ । त्यस्तै, श्रीएयरको जहाज पनि सोलुखुम्बु पुगेपछि आतपकालिन अवस्था उत्पन्न भएको भन्दै लुक्लास्थित विमानस्थलको टावरको समन्वयमा २५ हजार फिट कायम गरेर खराव मौसमबाट बचाउने प्रयास गरिएको छ । सामान्यत्रया नेपालका आन्तरिक उडानमा रहेका जहाजहरु १७ हजार फिट माथि उड्ने गर्दछन् । आपतकालिन अवस्थामा एयर ट्राफिकको अनुमतिमा २५ फिटको उचाईमा लैजान पाइन्छ ।

काठमाडौंबाट विहान उड्दा सफा रहेको मौसम इन रुटमा समस्या आएपछि दुवै जहाज काठमाडौं फर्काइएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*