तातोपानी नाका तत्काल नखुल्ने, दशैं र जाडोको सामान आयात प्रभावित हुने

१२ आश्विन २०८१, शनिबार २२:१२

काठमाडौं । नेपालको उत्तरी छिमेकी देश चीनसँगको मुख्य सीमा नाका तातो पानी तत्काल नुखल्ने भएको छ । नाका खुलेपनि सो नाका हुँदै काठमाडौं आउने सडक तिपिङ र लार्चामा रहेका दुई वटा पुल बगाएसँगै चीनसँगको आयात निर्यात प्रभावित हुनेछ । तातोपानी नाका बन्द हुँदा नेपाली व्यापारीहरुलाई धेरै नै असजिलो पर्नेछ ।

अब व्यापारीहरुले दशैंमा ल्याउनुपर्ने सामान समेत रसुवा नाका हुँदै ल्याउनुपर्नेछ । त्यसो गर्दा समय बढि लाग्ने र महंगो पर्ने हुन्छ । त्यस्तै जाडो याममा लगाउने कपडा आयातमा समेत प्रभावित हुनसक्नेछ । साथै दशैंको समयमा अत्याधिक खपत हुने स्याको आयात समेत प्रभावित हुनसक्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*