३१ बर्षपछि खोलियो कुलेखानीको ढोका, सिस्नेरी बजार बगायो

१२ आश्विन २०८१, शनिबार १२:५१

काठमाडौं । देशकै सबैभन्दा ठूलो मानव निर्मित कृत्तिम ताल कुलेखानीको पानी प्रवाह खोल्ने ढोका ३१ वर्षपछि खोलिएको छ । २०५० साल साउन २५ र २६ गते गएको बाढीका कारण खोलिएको कुलेखानीको ढोका ३१ वर्ष एक महिना १५ दिनपछि खोलिएको छ ।

कुलेखानीको ड्याममा रहेको दुई वटा ढोका खोलिएपछि साइरन सहित ठूलो मात्रामा तालमा जमेको पानी तल झरिरहेको छ ।

सो आधारमा हिजोदेखि परेको अविरल वर्षालाई २०५० सालसँग तुलना गरेर हेरिएकोे छ । २०५० साल साउनको अन्तिम साता गएको बाढी पहिरोले सयौं मानिसको मृत्यु भएको थियो । ३१ वर्षपछि कुलेखानीको ढोका खोलिँदा त्यहाँ माछा पाल्ने क्रममा जालबाट बाहिर निस्केका सयौं माछाहरु पनि बाढीसँगै बगेका छन् । यसअघि २०५० सालमा पनि कुलेखानीको हजारौं माछाहरु बागमति नदिमा बगेका थिए ।

३१ वर्षपछि खोलिएको कुलेखानी बाँधका कारण मकवानपुरको सिस्नेरी बजार नै बगाएको छ । सिस्नेरी खोलाको छेउमा रहेको सो बजार कुलेखानीको पानीले बगाएको हो । त्यहाँ रहेको ३० वटै टहराहरु बगाएको स्थानीयबासीले जनाएका छन् ।

 

कुलेखानीको ढोका खोल्नुपर्ने चेतावनी हिजो नै दिइएकोले कतिपयले सामानहरु भने अन्यत्र नै सार्न भएका थिए । त्यहाँ मानिसलाई भने केही भएको छैन ।

कुलेखानीको ढोका खोल्दा त्यहाँको पानी बागमति नदिमा मिसिन पुग्दछ । विद्युत उत्पादन गरेको अवस्थामा मकवानपुरकै धोर्सिङ, भैसे र हेटौडामा रहेका कुलेखानी १ ६० मेगावाट, कुलेखानी ३० मेगावाट र कुलेखानी ३ १५ मेगावाट गरी कूल १०५ मेगावाट विद्युत उत्पादन पछि सो पानी राप्ती नदिमा पुग्दछ । ओभर फ्लो भएको र ढोका खोलेर बगेको पानी बागमति नदिमा मिसिन पुग्दछ ।

कुलेखानीको ढोका खोलिएको कारण दक्षिण ललितपुर, पूर्वी उत्तरी मकवानपुर, पश्चिमी सिन्धुलीको बागमति नदिको तटिय क्षेत्रमा बसोबास गर्ने मानिसहरु प्रभावित हुनेछन् । कुलेखानीको ढोका खोलेकै कारण तल्लो तटिय क्षेत्रमा धान फल्ने सयौं बिघा खेत बगाएको समाचार प्राप्त भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*