कलंकीमा महानगरीय ट्राफिक प्रहरी प्रभागमा बाढी पस्यो

१२ आश्विन २०८१, शनिबार १२:११

काठमाडौं । कलंकीमा रहेको महानगरीय ट्राफिक प्रहरी प्रभागको कार्यालय रहेको घर बाढीले डुबाएको छ । बल्खु खोलामा आएको बाढी कारण ट्राफिक प्रहरी कार्यालयको पहिलो तल्ला पुरै डुबानमा परेको हो ।

बाढीका कारण सवारी व्यवस्थापन गर्ने केही सामानहरु समेत बगाएको छ । ट्राफिक प्रहरीको मेस समेत रहेको सो भवनमा बाढी पसेपछि ड्युटीमा रहेका ट्राफिक प्रहरीहरु कार्यालयमा समेत जान सकेका छैनन् ।

उता, कलंकीमा रहेको भाटभटेनीमा बल्खु खोला पस्न सुरु गरेको छ । भाटभटेनी सुपर मार्केटको पश्चिमतर्फको पार्किङमा बल्खु खोला पसेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*