अविरल वर्षापछि बागमति समतुल्य, बल्खुमा पुलमाथि चढ्दै, काठमाडौंका गल्ली गल्लीमा पस्यो बाढी

१२ आश्विन २०८१, शनिबार ११:५८

काठमाडौं । दुई दिनदेखि परिरहेको अविरल वर्षाको कारण बागमति नदि महासागर जस्तै समतुल्य देखिएको छ । पानीको बहाव अत्याधिक बढेका कारण सुसाउँदै बग्ने नदि आज एकाहोरो गुईईय गर्दै बगिरहेको छ ।

बागमतिमा आएको बाढीका कारण बल्खु तरकारी बजारको पहिलो तल्ला पुरै डुबानमा परेको छ । त्यस्तै, बल्खुको उत्तरतर्फको सुमो काउन्टरहरु रहेको घरहरु सबै डुबानमा परेका छन् ।
बल्खुमा बागमति नदितर्फ रहेको एउटा पेट्रोल पम्प पनि डुबाउनमा परेको छ । उता, बल्खुकै पुलबाट सानेपातर्फबाट नेपाली कांग्रेसको पार्टी कार्यालयतर्फ जाने बाटोमा राखिएका चार वटा बसहरु पनि बाढीले पुरिएका छन् ।

अत्याधिक पानीको बहावका कारण बल्खुमा बागमति नदि पुल माथि चढ्ने अवस्थामा पुग्न लागेको छ ।

राजधानी काठमाडौंबाट बग्ने बागमति नदि समतुल्य देखिएको छ । महासागर झै बागमतिको नदिको बहाव हेर्न बल्खु तथा थापाथली पुलमा मानिसहरुको भिड लागेको छ । बल्खुमा पुगेर स्थानीय बल्खुखोला पनि मिसिएपछि बागमति नदिको आकार अझै फराकिलो हुँदै विशाल हुन पुगेकोछ । सामान्यता हिउँदमा दुर्गन्ध फैलिने बागमति नदि आज तटिय क्षेत्रहरु ढाकेर अघि बढेको छ ।

त्यस्तै, थापाथली आसपासमा रहेका सुकुम्बासी बस्तीहरुमा पनि बागमति नदिको बाढी पसेको छ । थापाथली क्षेत्रमा रहेको युनएन पार्कमा समेत बागमति नदिको बाढीले भरिएको छ ।

उता, विष्णुमति नदि पनि बाढीले भरिएको छ । त्यस्तै, भक्तपुरबाट बग्ने हनुमन्ते खोलामा बाढीले अत्याधिक क्षति पुर्याएको छ । ललितपुरको इमाडोलबाट तलतिर तर्फको भुभाग समेत डुबानमा पर्दा थुप्रै मानिसहरु घरभित्रै थुनिएको अवस्था छ ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*