राजधानी उपत्यकाबाटै बाढीले नौ जनालाई बगायो, उद्धारको प्रतिक्षा गर्दागर्दै नख्खु खोलाले ४ जनालाई बगायो

१२ आश्विन २०८१, शनिबार १०:५२

काठमाडौं । हिजोदेखि परेको अविरल वर्षाले राजधानी काठमाडौं उपत्यकाबाट कम्तीमा नौ जनालाई बगाएको छ । भक्तपुरमा पाँच जनालाई बाढीले बगाएर बेपत्ता बनाएको छ भने ललितपुरको नख्खु खेलाले चार जनालाई बगाएर बेपत्ता बनाएको छ ।

हिजोदेखि नै परेको भिषण पानी कारण बागमति नदि महासागर झै उलिएको छ भने अन्य साना साना नदिहरुमा पनि भिषण बाढी आउँदा ठूलो धनजनको क्षति पुर्याएको हो ।
भक्तपुरको ठिमीमा पहिरोले चार जनालाई बगाएको छ । त्यस्तै, पाइलटबाबा आश्रम माथिको आशापुरी भन्ने ठाउँमा एक जनालाई पहिरोले बगाएको छ ।

उता, ललितपुरको नख्खु खोलाले चार जनालाई बगाएको छ । शसस्त्र प्रहरीका अनुसार एक जना महिला, एक बालक र दुई जना पुरुषलाई नख्खु खोलाले बगाएको हो । उनीहरुको अवस्था अज्ञात छ । उनीहरु बसिरहेको टहरा बाढीले डुबाएपछि उद्धारको प्रतिक्षामा टहराको छतमा चढेका थिए । त्यतिबेला सम्म पनि कोही उद्धारमा नआएपछि उनीहरुलाई बगाएको हो ।

उता, काठमाडौंको नागार्जुनमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ । थप तीन जना पुरिएको शसस्त्र प्रहरीको भनाईछ । काठमाडौं नागार्जुन ३ को सो घटनामा शसस्त्र प्रहरीले उद्धार कार्य जारी राखेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*