देशैभरि भिषण वर्षासँगै बाढी, दर्जनौं बीमा दावी पर्दै

१२ आश्विन २०८१, शनिबार ०७:२७

काठमाडौं । पछिल्लो ३६ घण्टादेखि परेको अविरल वर्षासँगै देशैभरि भिषण बाढी, डुबान तथा पहिरोहरु गइरहेको खवरहरु प्राप्त भइरहेका छन् । जसको प्रत्यक्ष असर निर्जीवन बीमा कम्पनीहरुमा पर्ने देखिएको छ । सयौं बीमा दावी पर्ने देखिएको छ ।

पछिल्लो ३६ घण्टादेखि परिरहेको पानीका कारण राजधानी काठमाडौं जोड्नै सबै लाइफ लाइनहरु सम्पर्क बिच्छेद हुन पुगेको छ । राजधानी प्रवेश गर्ने त्रिभुवन राजपथ तथा पृथ्वी राजमार्ग दुवै अबरुद्ध छन् भने पूर्वतर्फको बिपी राजमार्ग पनि अबरुद्ध हुन पुगेको छ ।

राजधानी काठमाडौंमा पनि कपन, बागमति नदि किनाराका बस्तीहरु डुबानमा परेको खवर छ । झापामा एउटा मोटरसाइकल र एक जना मानिस बगाएको छ ।

उता, राजधानी काठमाडौंमा ग्याँस भरिएको एउटा बुलेट बागमति नदिले बगाएकोे छ । भक्तपुरबाट बगाएर ल्याएको ग्याँस भरिएको बलेटबाट माथितिर ग्याँस गइरहेको स्पष्ट देख्न सकिन्छ । सो क्षेत्रमा ग्याँसको दुर्घगन्ध फैलिएको छ ।

जल तथा मौसम विज्ञान विभागले आज पनि दिनभरि नै बर्षा हुनसक्ने चेतावनी दिएको छ । पछिल्लो ३६ घण्टा विस्तारै परेको पानी आज विहानबाट दर्कदै पर्न थालेपछि २०५० सालमा झै देश भिषण बाढी पहिरोको चपेटामा पर्न सक्ने आंकलन गरिएको छ ।

उता, निर्जीवन बीमा कम्पनीमा अर्बौ रुपैयाँको बीमा दावी पर्ने देखिएको छ । भदौंसम्म खासै ठूलो पानी नपरेपछि यस वर्षको बर्षायामको क्षति खासै नभएको भन्दै हिसाब गरेर बसेका बीमा कम्पनीहरु असोज महिनामा आएको बाढीका कारण थप दवावमा पर्न गएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*