कुलेखानी ड्यामको ढोका खोल्न सकिने सम्भावना, तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह

११ आश्विन २०८१, शुक्रबार १७:४४

काठमाडौँ । हाल भइरहेको अविरल वर्षाको कारण कुलेखानी जलविद्युत् आयोजनाको ड्याममा पानीको सतह spill हुन सक्ने सम्भावनाका कारण बागमती खोलाको बहाव बढ्न सक्ने चेतावनी जारी गरिएको छ। यसै सन्दर्भमा नेपाल विद्युत प्राधिकरणले सम्बन्धित निकायलाई सतर्क रहन तथा तटीय क्षेत्रका स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ।

प्राधिकरणका अनुसार चखेल, सिम र मुख्य ड्यामका ढोकाहरू खोल्नुपर्ने अवस्था आउन सक्नेछ। यसले गर्दा खोलामा जलस्तर बढेर तटीय क्षेत्रमा बाढीको सम्भावना रहनसक्छ, जसले गर्दा त्यहाँका बासिन्दालाई उच्च सतर्कता अपनाउन र सुरक्षित रहन आग्रह गरिएको छ।

प्राधिकरणले स्थानीय प्रशासनलाई समयमै जानकारी गराउन र बासिन्दालाई सतर्क बनाउन निर्देशन दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*