ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली पक्राउ

११ आश्विन २०८१, शुक्रबार १७:२५

काठमाडौँ । बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले भारतीय प्रहरीको सहयोगमा उनलाई पक्राउ गरेको बुझिएको छ ।

उनी सहकारी ठगीमा फरार थिए । नेपाली इमेज सहकारीका संस्थापक अध्यक्ष हुन् । बचतकर्ताको २ अर्बभन्दा बढी अपचलन गरेको आरोप लागेका नेपाली २०८० जेठमा अनुसन्धान सुरू भएपछि फरार भएका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*