अन्तर्राष्ट्रिय समावेशी बीमा सम्मेलन: नेपाली बीमा कम्पनीबाट दुई करोड उठाइदै, प्रत्येक कम्पनीसँग आठ लाख मागियो

११ आश्विन २०८१, शुक्रबार १६:२५

काठमाडौं । म्यूनिख रि इन्स्योरेन्सको भातृ संस्था म्यूनिख रि फाउण्डेशनले आयोजना गर्ने अन्तर्राष्ट्रिय समावेशी बीमा सम्मेलनको लागि नेपालमा सञ्चालित बीमा कम्पनीहरुबाट दुई करोड भन्दा बढि रकम उठाइएको छ ।

आगामी अक्टोवर २१ देखि २५ सम्म काठमाडौंको होटल याक एण्ड यतिमा हुन लागेको अन्तर्राष्ट्रिय समावेशी बीमा सम्मेलनको लागि म्यूनिख रि फाउण्डेशनको मुख्य आयोजनामा हुन लागेको हो ।
विश्वकै सबैभन्दा ठूलो पुनर्बीमा कम्पनी म्युनिख रि इन्स्योरेन्सको ब्यानरमा हुन लागेको अन्तर्राष्ट्रिय बीमा सम्मेलनमा गरिब देश नेपालका लगानीकर्ताहरुलाई मार पर्ने गरी दुई करोडभन्दा बढि रकम उठाउन लागिएको हो ।

नेपाल बीमक संघले रकम उठाउन लागेको स्वीकार गरेकोछ । नियामक नेपाल बीमा प्राधिकरण, नेपाल बीमक संघ, जीवन बीमक संघ नेपाल, नेपाल लघुबीमा संघमार्फत सबै कम्पनीहरुबाट रकम उठाइएको हो ।

बीमा कम्पनीहरुले दिएको जानकारी अनुसार प्रत्येक पुनर्बीमा कम्पनीलाई १५ देखि २० लाख रुपैयाँ भाग लगाइएको छ भने बाँकी निर्जीवन तथा जीवन बीमा कम्पनीहरुबाट प्रत्येकबाट आठ लाख रुपैयाँका दरले रकम उठाइएको छ । त्यस्तै, लघु बीमा कम्पनीबाट पाँच लाख रुपैयाँका दरले रकम उठाइएको छ ।

समावेशी बीमा सम्मेलनमा सहभागी हुनेहरुका लागि प्रत्येकसँग ६० हजार नेपाली रुपैयाँ शुल्क लाग्ने बताइएको छ । त्यस्तै, सेप्टेम्वर ३० पछि यस्तो शुल्क अझै बढ्नेछ । सहभागीहरुबाट शुल्क उठाइएको कार्यक्रममा म्यूनिख रि फाउण्डेशनको मुख्य आयोजक हो । नेपालमा हुने कार्यक्रमको घोषणा गत वर्षमा अन्तर्राष्ट्रिय समावेशी बीमा सम्मेलन २०२३ अफ्रिकाको घानामा आयोजना गर्दा नै घोषणा गरिएको थियो । कार्यक्रमको मुख्य आयोजना म्यूनिख रि फाउण्डेशन हो । म्यूनिख रिले पनि नेपाली बीमा कम्पनीहरुबाट रकम उठाएर कार्यक्रम गर्न लागेको देखिएको छ ।

सो सम्बन्धमा जिज्ञाशा राख्दा नेपाल बीमा प्राधिकरणका प्रबक्ता सुशिलदेव सुवेदीले अन्तर्राष्ट्रिय कार्यक्रम सफल पार्न रकम उठाइएको हुनसक्ने भन्दै एकिन जवाफ दिएनन् । बीमा प्राधिकरणले अनुमति दिएको वा नदिएको सम्बन्धमा पनि केही बताउन चाहेनन् ।

रकम उठाइएको सम्बन्धमा नेपाल बीमक संघका महासचिव तथा प्रबक्ता अशोक खड्कासँग जिज्ञाशा राख्न खोज्दा सम्पर्कमा आउन चाहेनन् ।
बीमा क्षेत्रका जानकारहरु भने समावेशी बीमा सम्मेलनको नाममा गरिब देशका बीमा कम्पनीसँग म्यूनिख रिको नाममा हुने कार्यक्रममा करोडौं रुपैयाँ उठाउनु उचित नभएको प्रतिक्रिया दिएका छन् ।

One thought on “अन्तर्राष्ट्रिय समावेशी बीमा सम्मेलन: नेपाली बीमा कम्पनीबाट दुई करोड उठाइदै, प्रत्येक कम्पनीसँग आठ लाख मागियो

  1. दिपक बराल says:

    नेपाली नेताकार्यकर्ताहरुले भ्रस्टाचार गरेको देखेर अन्त्रास्ट्रीय सस्थाले पनि कमाउने योजना बनाएर नेपाली जनतालाइ रिणको बोझ बोकाउन खोजेको जस्तो छ यस्मा बिमा प्राधिकरणले बास्तबिकता बुझ्नुपर्ने बिमा प्राधिकरण मौन रहनु सन्कास्पद रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*