प्रभु महालक्ष्मी लाइफद्वारा प्राणघातक रोग बिरुद्धको पाँच लाख दाबी भुक्तानी

११ आश्विन २०८१, शुक्रबार १६:१०

काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स रुकुम शाखा कार्यालयले एक व्यक्तिलाई प्राणघातक दाबी रकम भुक्तानी गरेको छ । शुक्रबार कार्यालयले जिल्लाको बाँफिकोट गाउँपालिका ३ डार्नेका साहिल देवकोटाको परिवारलाई प्राणाघातक रोग दाबी रकम भुक्तानी गरेको हो ।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स बिमा मुसिकोटका कार्यालय प्रमुख ब्यूँझना पुन देवकोटा र जिल्ला समन्वय समितिका प्रमुख लुम्बिनी गौतम केसीले संयुक्त रुपमा दुवै मिर्गौला पीडित साहिल देवकोटको मिना दाहाल देवकोटालाई ५ लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको हो ।

मिर्गौला पीडित ३५ वर्षिय साहिलले ३ वर्ष पहिले सुपर सुरक्षित (सावधीक) बीमा गरेका थिए । १६ वर्षे सुपर सुरक्षित सावधीक विमा गरेकोमा साहिलको दुवै मिर्गौला फेल भएर विगत एक वर्षदेखि राप्ती विज्ञान प्रतिष्ठान प्रयोगशाला घोराही दाङमा डायलासिस भइरहेको परिवारले जनाएको छ । तीन किस्ता जम्मा गरेका उनलाई बीमाअंक बरारको ५ लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको प्रमुख ब्यूँझना पुन देवकोटाले जानकारी दिए ।

समयमै बीमा गरेर अप्ठेरो पस्थितिमा बीमाबाट ठुलो सहयोग प्राप्त भएको साहिलकी श्रीमती मिनाले बताइन् ।श्रीमानको उपचारमा धेरै रकम खर्च भइसकेको र यो समयमा आर्थिक जुटाउ परिवारलाई समस्या भएकाले जीवन बीमाबाट प्राप्त भएको बीमाङ्क बापतको पाँच लाख रकमले श्रीमानको उपचारमा ठुलो सहयोग पुग्ने बताइन् ।

जीवन बीमामा सुन्दर भविस्यका लागि बचत त हुन्छ नै त्यसका साथसाथै अप्ठेरो अवस्थामा बीमाले सहजता प्रदान गर्दछ । बिपत्ति बाजा बजाएर मात्र नआउने भएकाले अशक्त र प्राण घातक रोग लागे आफ्नो लागि र आफु नै नरहे आफ्नाका लागि हुने भएकाले आम नागरिकको सुनिस्चित अनि सुन्दर भविस्यका लागि समयमै जीवन बीमा गर्न र दुरदराजका वस्तीसम्म बीमाको पहुँच विस्तार गर्न आजको आवश्यकता रहेको कार्यालय प्रमुख देवकोटाको भनाई थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*