जीवन बीमा कम्पनीको नविकरण बीमाशुल्क साढे २४ अर्ब, सात कम्पनीको ग्रोथ १० प्रतिशत भन्दा माथि
काठमाडौँ । चालु आर्थिक वर्ष २०८१।०८२ को दुई महिनामा जीवन बमिा कम्पनीहरुले साढे २४ अर्ब रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार हाल संचालनमा रहेका १४ जीवन २४ अर्ब ४६ करोड ८१ लाख रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेको हुन् । जुन गत आर्थिक वर्षको सोहि अवधिमा उक्त नविकरण बीमा शुल्क आर्जन १.३२ प्रतिशतले कम हो । गत आर्थिक वर्षको दुई महिनाको अवधिमा जीवन बीमा कम्पनीहरुले २४ अर्ब ७९ करोड ४४ लाख रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेका थिए ।
सर्वाधिक नविकरण बीमा शुल्क संकलन गर्नेमा नेपाल लाइफ अग्र स्थानमा रहेको छ । साउन र भदौ महिनामा नेपाल लाइफको नविकरण बीमा शुल्क ११.३० प्रतिशतले बढेर ७ अर्ब ७० करोड ९३ लाख रुपैयाँ पुगेको हो ।
त्यस्तै, एलआईसी नेपाल लाइफको नविकरण बीमा शुल्क आर्जन ७.३० प्रतिशतले बढेर २ अर्ब ९४ करोड ५७ लाख रुपैयाँ पुग्दा नेशनल लाइफको १९.१२ प्रतिशतले बढेर २ अर्ब ८० करोड रुपैयाँ पुगेको छ ।
दुई महिनामा नविकरण बीमा शुल्क आर्जन सर्वाधिक वृद्धि गर्नेमा रिलायबल नेपाल लाइफ रहेको छ । कम्पनीको नविकरण बीमा शुल्क आर्जन ४०.४० प्रतिशतले बढेर ६४ करोड ७० लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षमा भने कम्पनीको नविकरण बीमा शुल्क मार्फत ४६ करोड रुपैयाँ मात्र संकलन गरेको थियो ।
त्यस्तै, हिमालयन लाइफको १ प्रतिशतले बढेर २ अर्ब ६५ करोड, सूर्यज्योति लाइफको १६.९८ प्रतिशतले बढेर १ अर्ब ४१ करोड, एशियन लाइफको १५.२४ प्रतिशतले बढेर १ अर्ब १७ करोड, सिटिजन लाइफको २५ प्रतिशतले बढेर ९२ करोड, सानिमा रिलायन्सको ६.६९ प्रतिशतले बढेर ८७ करोड र मेट लाइफको ३.७० प्रतिशतले बढेर ७४ करोड रुपैयाँ नविकरण बीमा शुल्क पुगेकोछ ।
दुई महिनामा नविकरण शुल्क प्रभु महालक्ष्मीको २.४३ प्रतिशतले बढेर ७१ करोड, आइएमई लाइफको २२.८३ प्रतिशतले बढेर ६७ करोड, रिलायबल नेपाल लाइफको ४० प्रतिशतले बढेर ६४ करोड र सन नेपाल लाइफको २.१८ प्रतिशतले बढेर ४४ करोड रुपैयाँ पुगेको छ ।
ब्यवसाय घटेको राष्ट्रिय बीमा कम्पनीको नविकरण बीमा शुल्क समेत घटेको छ । समिक्षा अवधिमा कम्पनीको बीमा शुल्क आर्जन ७८ प्रतिशतले घटेर ७३ करोड रुपैयाँमा सीमित भएको छ ।