दुई महिनामा जीवन बीमा कम्पनीहरुको व्यवसाय ३० अर्ब माथि, कुनको अवस्था कस्तो ?

११ आश्विन २०८१, शुक्रबार १३:१३

काठमाडौं । चालु आवको पहिलो महिना दुई महिनामामा जीवन बीमा कम्पनीहरुको व्यवसाय ३० अर्ब ८ करोड ८२ लाख रुपैयाँ रहेको छ । नेपालमा सञ्चालित १४ वटा जीवन बीमा कम्पनीहरुले साउन र भदौमा उक्त ब्यवसाय गरेको हुन् ।

बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सबैभन्दा अगाडि नेपाल लाइफ रहेको छ । सो कम्पनीले साउनमा ९ अर्ब ३ करोड बीमा शुल्क संकलन गरेको छ । त्यस्तै, दोस्रो नम्वरमा नेशनल लाइफ रहेको छ । नेशनल लाइफले तीन अर्ब ५८ करोड रुपैयाँ कूल बीमा शुल्क आम्दानी गरेको छ ।

त्यस्तै, दोस्रो नम्बरमा एलआईसी नेपाल रहेको छ । सो कम्पनीले ३ अर्ब ३० करोड रुपैयाँ कूल व्यवसाय गरेको छ

त्यस्तै एशियन लाइफले १ अर्ब ४७ करोड रुपैयाँको व्यवसाय गर्दा सिटिजन लाइफ १ अर्ब २७ करोड, सुर्यज्योति लाइफको एक अर्ब ८४ करोड रुपैयाँको व्यवसाय गरेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*