अरुण काबेली पावरले हकप्रद शेयर निष्काशन गर्ने, पारितका लागि बोलायो साधारण सभा

११ आश्विन २०८१, शुक्रबार १२:१८

काठमाडौँ । अरुण काबेली पावर लिमिटेडले हकप्रद शेयर निष्काशनको प्रस्ताव पारित गर्न चौधौँ वार्षिक साधारण सभा बोलाएको छ। सभा कात्तिक ४ गते आइतबार बिहान ११ बजे होटल क्रिष्टल पशुपती गौशाला काठमाडौँमा बस्ने गरी आव्हान गरेको हो ।

सभामा कम्पनीले हाल कायम चुक्ता पूँजीको १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव प्रस्तुत गर्ने छ। हकप्रदबाट संकलन भएको रकमलाई काबेली इनर्जी लिमिटेडको निर्माणमा भइरहेको काबेली ए जलविद्युत आयोजनामा लगानी गर्ने उद्देश्य रहेको छ। साथै, सो आयोजनामा लगानी गर्ने कुमारी बैंकलाई यस कम्पनीबाट प्रदान गरिएको संस्थागत जमानतको अनुमोदन गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ।

यसका अतिरिक्त, साधारण सभाले आगामी आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति पनि गर्नेछ। साधारण सभा प्रयोजनार्थ, कम्पनीले असोज १८ गते शुक्रबार एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*