५६ जिल्लामा आज र भोलि रात्रिबस चलाउन नपाइने
११ आश्विन २०८१, शुक्रबार ०९:२४
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम तथा न्यूनीकरण प्राधिकरणले आगामी चार दिन भारी वर्षाको सम्भावना रहेकाले उच्च जोखिम रहेका हिमाली र पहाडी जिल्लामा शुक्रबार र शनिबार रात्रिकालीन बस नचालाउन आग्रह गरेको छ ।
जल तथा मौसम विज्ञान विभागले देशभर अतिभारी र भारी वर्षाको पूर्वानुमान गरेको जानकारी दिँदै प्राधिकरणले यस अवधिभर अत्यन्त जरुरी अवस्थामा बाहेक यात्रा नगर्न अनुरोध गरेको हो ।
प्राधिकरणले धान नकाट्न र काटिसकेको भए तत्काल थन्काउन तथा तराई तथा मधेस क्षेत्रमा सकेसम्म भुइँतलामा अन्नपात नराख्न अनुरोध गरेको छ ।