लाभांशमा अकुंश लगेको अपीको शेयर बिक्रीमा झुम्मिए लगानीकर्ता, कुन कम्पनीको कति कारोबार ?
१० आश्विन २०८१, बिहीबार १५:०९
काठमाडौँ । आर्थिक वर्ष ०८०।८१ को लेखापरीक्षणबाट अनरियलाइज्ड गेनलाई खुद मुनाफामा देखाइ लाभांश वितरण अपी पावरको शेयर बिक्री गर्ने तिर लगानीकर्ता झुम्मिएका छन् । विद्युत नियमन आयोगले कम्पनीको लाभांशमा अंकुश लगाएसँगै अपी पावरका लगानीकर्ता आत्तिएका हुन् ।
कम्पनीको आज ४७ करोड ९९ लाख ६७ हजार कित्ता शेयर किनबेच भएको छ । साथै, एनएलजि इन्स्योरेन्सको १७ करोड रुपैयाँ, सिईडिबि हाइड्रोपावरको १४ करोड र सानिमा रिलायन्सको १३ करोडको शेयर किनबेच भएको छ ।