चालु आवको पहिलो महिनामा अन्तर बैंक कारोबारमा ठूलो गिरावट

१० आश्विन २०८१, बिहीबार १३:५८

काठमाडौं। चालु आर्थिक वर्ष २०८१।८२ को पहिलो महिनामा अन्तर बैंक कारोबारमा उल्लेखनीय गिरावट आएको छ। नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार, पहिलो महिनामा वाणिज्य बैंकहरूमाझ ५१ अर्ब ५० करोड र अन्य वित्तीय संस्थाहरुबीच ६५ करोडको अन्तर बैंक कारोबार भएको छ। यस अवधिमा कुल ५२ अर्ब १५ करोडको कारोबार भएको हो।

अघिल्लो वर्षको सोही अवधिमा भने वाणिज्य बैंकहरूको ५६१ अर्ब ६७ करोड र अन्य वित्तीय संस्थाहरुको ९३ अर्ब ७७ करोडको कारोबार गरी कुल ६५५ अर्ब ४४ करोडको अन्तर बैंक कारोबार भएको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*