झुटो नाफा देखाएपछि अपी पावरको लाभांशमा रोक

१० आश्विन २०८१, बिहीबार १२:४४

काठमाडौँ । अपी हाइड्रोपावरले गरेको लाभांश प्रस्ताव नियामक निकाय विद्युत नियमन आयोगले रोक्का गरेको छ। कम्पनीले सेयर वा अन्य लगानी सम्पत्ति बिक्री नगरी हालको बजार मूल्यको आधारमा देखिएको कागजी नाफालाई नाफा नोक्सान हिसाबमा देखाएर लाभांश प्रस्ताव गरिएको भन्दै रोक्का गरिएको हो।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ९ प्रतिशत बोनस र ०.४७३७ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरी स्वीकृतिका लागि गत भदौ ९ गते आयोगमा आवेदन दर्ता गराएको थियो। निवेदन साथ प्राप्त कागजातहरुको आवश्यक अध्ययन गर्दा आयोगले कम्पनीको आर्थिक वर्ष ०८०।८१ को लेखापरीक्षणबाट अनरियलाइज्ड गेनलाई खुद मुनाफामा देखाइ लाभांश वितरणको सन्दर्भमा स्पष्ट तथ्यसहित जवाफ पेश गर्न निर्देशन दिएको थियो।

त्यसमा कम्पनीले आफ्नो स्वामित्वमा रहेको वित्तीय उपकरण तथा लगानीलाई बजार मूल्यमा प्रस्तुत गरेको र सो बजार मूल्यको थपघटलाई नाफा नोक्सान हिसाब अथवा अन्य विस्तृत आम्दानीमा लेखांकन गर्न पाउने स्पष्ट व्यवस्था भए बमोजिम गरिएको भनि जवाफ आयोगमा पठाएको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*