साहस उर्जाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

१० आश्विन २०८१, बिहीबार १०:४३

काठमाडौँ । साहस उर्जा लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनका लागि असोज १३ गते बुक क्लोज गर्ने भएको हुँदा असोज १० गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश पाउनेछन् ।

गत वर्षको नाफाबाट शेयरधनीलाई ८ प्रतिशत बोनस सेयर र कर तिर्न ०.४२१ प्रतिशत नगद गरी जम्मा ८.४२१ प्रतिशत लाभांश वितरण गर्दै छ । उक्त प्रस्ताव पारित गर्न कम्पनीले कात्तिक ४ गते साधारण सभा पनि बोलाएको छ । सभा कार्की ब्यांकेट, बबरमहल, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*