मन्दाकिनी हाइड्रोपावरद्वारा लाभांश घोषणा, कति दिने भयो बोनस र नगद ?

१० आश्विन २०८१, बिहीबार ०९:५८

काठमाडौँ । मन्दाकिनी हाइड्रोपावर कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको असोज ९ गते बसेको संचालक समितिको बैठकले हाल कायम रहेको चुक्तापूँजीको ५ प्रतिशत बोनस शेयर र ०.२६३२ प्रतिशत नगद (कर प्रयोजनसहित) लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात शेयरधनीहरुलाई वितरण गरिनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*