सानिमा रिलायन्स लाइफको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

१० आश्विन २०८१, बिहीबार ०८:४५

काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि असोज ११ गते एक दिनको लागि बुकक्लोज गर्ने भएको हुँदा असोज १० गतेसम्म कायम शेयरधनीले मात्र प्रस्तावित बोनश र सभामा भाग लिन पाउँनेछन् ।

कम्पनीले आफ्ना लगानीकर्तालाई १८ दशमलव ३८११ प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्तावगरेको छ । प्रस्ताव पारितका लागि कम्पनीले आफ्नो सातौ वार्षिक साधारण सभा आह्वान गरेको छ । सभा असोज २३ गतेका दिन अनमोल बैंक्वेट, शंखमुल काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

सभाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत हुने आव २०८९।०८० को वार्षिक प्रतिवेदनमाथी छलफेल गरी पारित गर्ने भएको छ । त्यस्तै, साविक रिलायन्स लाइफ र सानिमा को आव २०७९।०८० को लेखा परिक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह वितरण गर्ने सम्बन्धका प्रस्ताव समेत सभाले पारित गर्ने भएको छ ।

सभाले गत आर्थिक वर्षको लेखापरिक्षणको लागि लेखापरिक्षक नियुक्त गर्ने र निजको परीश्रम तोक्ने प्रस्ताव पनि पारित गर्ने भएको छ । साथै, सञ्चालकहरुको सुविधा परिमार्जन गर्ने प्रस्ताव पनि सभाले पारित गर्ने छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*