मध्य भोटेकोशी जलविद्युत कम्पनीको सेयर लक-इन अवधि समाप्त हुँदै
काठमाडौँ। मध्य भोटेकोशी जलविद्युत कम्पनीको सेयर लक-इन अवधि कात्तिक ११ गते समाप्त हुने भएको छ। कम्पनीले जानकारी दिएअनुसार, विभिन्न समूहका सेयरधनीहरूको लागि यो लक-इन अवधि समाप्त हुँदैछ, जसमा संस्थापक सेयरधनी, कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता कर्मचारीहरू, संस्थापक सेयरधनी संस्थाका कर्मचारी, ऋणदाता संस्था (कर्मचारी सञ्चय कोष) का कर्मचारी, आयोजना प्रभावित सिन्धुपाल्चोकका स्थानीय बासिन्दा र कम्पनीका कर्मचारीहरू समावेश छन्।
कम्पनीले सार्वजनिक गरेको तथ्यांक अनुसार, कुल ५ करोड १३ लाख ६० हजार कित्ता सेयरको लक(इन अवधि समाप्त हुँदैछ। यसमा संस्थापक सेयरधनीका ३ करोड ६ लाख कित्ता, कर्मचारी सञ्चय कोषमा रहेका सञ्चयकर्ता कर्मचारीहरूका १ करोड १७ लाख कित्ता, संस्थापक संस्थाका कर्मचारीहरूको २१ लाख कित्ता, ऋणदाता संस्था ९कर्मचारी सञ्चय कोष० का कर्मचारीहरूको ६ लाख कित्ता, आयोजना प्रभावित स्थानीय बासिन्दाहरूका ६० लाख कित्ता र कम्पनीका कर्मचारीहरूको ३ लाख ६० हजार कित्ता सेयर समावेश छ।
यो अवधिको समाप्तिसँगै ती सेयरधनीहरूले आफ्नो सेयर बिक्री गर्न वा अन्य तरिकाले कारोबार गर्न पाउनेछन्।